१ आश्विन २०८३, बिहीबार
,
Latest
लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति माघमा ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने, ३० हजार मेगावाटको मार्गचित्र र जलवायु उत्थानशीलता… प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो हिन्दुकुश–हिमालय क्षेत्रमा विश्वव्यापी औसतभन्दा दोब्बर तापक्रम वृद्धि : विज्ञ खड्का खल्ती र इन ड्राइभबीच सहकार्य : चालक र यात्रु दुवैलाई दैनिक पुरस्कार जित्ने अवसर अर्थतन्त्र सुधारका लागि सांसद लिमा अधिकारीले दिइन् ६ वटा सुझाव सरकारी निर्णय प्रक्रिया अब डिजिटल प्रणालीमा, ढिलाइ भए फाइल स्वतः माथिल्लो तहमा जाने देउवालाई सभापति थापाको आग्रहः महाधिवेशन उद्घाटनमा आउनुहोस् भोटेकोशी बाढीमा ६७७ मजदुर सम्पर्कविहीन, ५१५ ट्रक तथा कन्टेनर बेपत्ताः ट्रक महासंघ आ.व.२०८२-८३ मा अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी बढे, सङ्घीय सरकारतर्फ भूमि मन्त्रालयका उजुरी धेरै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको प्रश्न – ‘दिल्ली दूतावासबाट चुच्चे नक्सा किन हटाइयो ?’ (भिडियोसहित)



file photo
अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानमा उल्लेखित नेपालको नक्सा भारतस्थित नेपाली दुतावासमा नभएको भन्दै आपत्ति जनाउनु भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण गएकै बेला त्यहाँको नेपाली दुतावासमा संविधानले व्यवस्था गरेको चुच्चे नक्सा नभई बुच्चे नक्सा भएको उल्लेख गर्दै आपत्ति जनाउनु भएको हो ।

आईतबार नेपाल बुद्धिजीवि परिषदको १० औं राष्ट्रिय अधिवेशनमा बोल्दै उहाँले देशको नक्सानै गायव बनाउने यो भन्दा अरु राष्ट्रिय लज्जाको विषय अरु केही नहुने बताउनु भयो । यस अघि प्रधानमन्त्री देउवाले सरकारको सय दिनको कार्यक्रम प्रकाशित गरेको पुस्तिकामा पनि संविधानले व्यवस्था गरेको चुच्चे नक्सा हटाएको प्रसंग उल्लेख गर्दै ओलीले सरकारले मुलुकको भौगोलिक अखण्डतामाथि सौदाबाजी गर्दा पनि चुप लागेर बसेको भन्दै बुद्धिजीविहरुप्रति असन्तुष्टि व्यक्त गर्नु भयो ।

उहाँले भारत भ्रमणबाट फर्कदा नेपाली दुतावासमा बुच्चे नक्सा नै झुण्ड्याएर आउने कि हटाएर आउने ? भनि प्रधानमन्त्री देउवालाई प्रश्न समेत गर्नु भयो । विगतमा कुनै पनि सरकारले आँट नगरेको विषय नेपालको भूमि समेटेर बनाइएको चुच्चे नक्सा पाँच दलीय देशद्रोही गठबन्धन सरकारले हटाएको आरोप समेत उहाँले लगाउनु भयो । उहाँले भन्नु भयो, ‘शेरबहादुर जीले सरकारको सय दिन भनेर उहाँको सरकार बनिसकेपछि सय दिन पूरा भएपछि सरकारको सय दिनको काम गर्नु भयो । र, त्यसमा अगाडि राष्ट्रको प्रतिक चिन्ह राख्नु भयो ।

संविधानले भनेको, पछि संशोधन गरेर संविधानले भनेको नेपालको नक्सा, चुच्चे नक्सा भएको लोगोसहितको प्रतिक चिन्ह छ, राष्ट्रको । त्यो अगाडि राख्नु भो तर चुच्चे नक्साबाट चुुच्चो हटाउन भो । बुच्चे नक्सा राख्नु भो । सम्माननीय प्रधानमन्त्रीले प्रकाशित गरेको सरकारको सय दिनमा चुच्चे नक्सा हटाउने भयो । के यो साधारण कुरा हो ? भौगोलिक अखण्डताप्रतिको खेलबाड, के यो साधारण कुरा हो ? मैले थुप्रै ठाउँमा बोले–शेरबहादुर देउवाजीले सरकारका सय दिन भनेर हिजोमात्रै भारतको दिल्लीस्थित नेपाल दुतावासमा टाँगिएको फोटोमा त्यहाँ नेपालको नक्सा बुच्चे नक्सा राखिएको छ । चुच्चे नक्सा हटाइएको छ । यो भन्दा राष्ट्रिय दलाली, यो भन्दा राष्ट्रको शिर निहुँ¥याउने, यो भन्दा लज्जाजनक कुरा के हुन्छ ?

मैले शेरबहादुरजीलाई अस्ति सोधेको थिए कि किन जानु भएको हो, शेरबहादुर जी दिल्ली ? फर्केर आएपछि सोधौंला भनेका थिए । यहाँ राष्ट्रिय बेईमानीका लागि उहाँ जानु भएको हो, दिल्ली ? केका लागि जानु भएको हो ? फर्किनु भन्दा अगाडि दिल्ली दुतावासमा हाम्रो संविधानले भनेको नक्सा, हाम्रो सरकारले बनाएर संविधान संशोधन गरेर राखेको नक्सा, त्यो नक्सा झुण्ड्याएर फर्कनु हुन्छ कि हटाएर फर्कनु हुन्छ ? शेरबहादुरजी । अहिलेको पाँच दलीय गठबन्धन, यो पाँच दलीय गठबन्धन सत्ताका लागि राष्ट्रियता, भौगोलिक अखण्डतासँग यत्रो सौदाबाजी गर्छ ।

अब बुद्धिजीविहरुले हात बाँधेर बस्ने कि, चुप लागेर बस्ने कि ? यसका विरुद्ध उभिने । यो व्यक्तिको पक्षमा होईन् । यो त राष्ट्रको पक्षमा भौगोलिक अखण्डताको सन्दर्भमा शेरबहादुर देउवालाई सोध्नुपर्ने, पाँच दलीय देशद्रोही गठबन्धनलाई सोध्नुपर्ने कुरा के हो भने–चुच्चे नक्सा खैं ? भौगोलिक अखण्डतासँग खेलबाड गर्न पाईन्छ ? पहिले चुच्चे नक्सा बनाउने आँट कसैले गरेन । बनाइयो, त्यसलाई हेरफेर गर्न कसैले पनि सक्दैन ।’

ओलीले आफ्नै पार्टीको सरकार हटाएर काँग्रेसको पछिपछि लागेको भन्दै प्रचण्ड र माधव नेपालहरुलाई कटाक्ष पनि गर्नुभयो । आफ्नै सरकार हुँदा शेर रहेका उनीहरु चार वटा मन्त्रालय नभई हुँदैन भनेर लल्लू बन्न पुगेको उहाँको भनाई थियो । अध्यक्ष ओलीले आफ्नै सरकार र सिङ्गै मन्त्रालय हुँदा उनीहरुले आफूलाई कामै गर्न नदिएको पनि दोहो¥याउनु भयो ।

उहाँले भन्नु भयो, ‘यिनीहरु अहिले दुना थापेर हिँडदैछन, काँग्रेसको पछिपछि । अहिले माकुनेको गुट छ नि । दुना थापेर हिँडछ नि । यिनीहरुले आफ्नो सरकार हटाएर मन्त्रीमा बार्गेनिक गर्न पुगे । सबै सरकार आफ्नो थियो । त्यसको ठाउँमा चार वटा मन्त्री नभई भएन भनेर हात थापे । कहाँ शेर थिए, लल्लु भए । चार वटा मन्त्रालय नभई हुँदैन भने । २५ वटा मन्त्रालय थियो । प्रधानमन्त्री आफ्नै थियो ।’

ओलीले वर्तमान सरकारले मुलुकको अर्थतन्त्र समेत ध्वस्त बनाएको दावी गर्नु भयो ।




भर्खरै