१ आश्विन २०८३, बिहीबार
,
Latest
फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने  ‘बायोटेक्नोलोजिस्ट’ को दरबन्दी थप्न पहल गर्छुः मन्त्री चौधरी सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सांसद मण्डलको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनुवाई स्थगन गर्न माधब पक्षले दिएको निवेदन ईजलासबाट अस्वीकार



अ+ अ-

काठमाडौं । नेकपा एमाले विभाजनको कानूनी मान्यतासम्बन्धी मुद्दामा सर्बोच्च अदालतमा आज बाट सुनुवाइ सुरुका लागि पेशीमा राखे पछि माधब नेपाल पक्षले दिएको स्थगनको निवेदन ईजलासले अस्वीकार गरेको छ । न्यायाधीश अनिलकुरमा सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा मुद्दा को पूर्ण सुनुवाइका लागि पेशीका चढेको छ ।

गत फाल्गुन २९ गते न्यायाधीश ईश्वर खतिवडा र कुमार चुँडालको संयुक्त इजलासले फैसलाको लागि पूर्ण सुनुवाइ हुने आदेश दिएको थियो ।

नेकपा एमालेले साधारण सदस्य र सांसद सदस्यबाट निष्काशन गरेका १४ जनालाई पदमुक्त नगरी सभामुखले गैरकानूनी काम गरेको तथा तीनै व्यक्तिको सनाखतबाट नयाँ दल दर्ता भएको भन्दै परेको मुद्दामा सुनुवाइ हुन लागेको हो ।

एमालेले गत साउन २५ गतेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार माधव नेपालसहित १४ सांसदलाई निष्काशन गरेको पत्र भदौ १ गते संसद सचिवालय र निर्वाचन आयोगसमक्ष पेश गरेको थियो ।

यद्यपि, संसद सचिवालयले सो सूचना टाँस नगरेपछि माधव नेपालले एमालेबाट विभाजनका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए जसअनुरुप आयोगले नेकपा (एकीकृत समाजवादी)लाई दलको मान्यता दिएको थियो । त्यसपछि मात्र संसद सचिवालयले नयाँ दल दर्ता भइसकेकाले कारबाही गर्नु नपर्ने सूचना टाँसेपछि सोही कुरालाई लिएर प्रमुख विपक्षी दल एमालेले लगातार संसद अवरुद्ध गर्दै आएको छ ।

अदालतले एमाले अध्यक्ष ओलीको मागअनुसार अन्तरिम आदेश दिएको खण्डमा नेकपा एसका सांसदहरू माधव नेपाल, मुकुन्द न्यौपाने, भवानी खापुङ, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, मेटमणी चौधरी, निरा जैरु, सरला यादव, पुष्पा कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी र कलिला खातुन सांसद रहने छैनन् ।