• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता ★   नेपालमै पहिलोपटक रोबोटबाट सर्जरी, एकैदिन ३ बिरामीको सर्जरी ★   पाँच वर्षपछि किसानले पाए अण्डाको लागत मूल्य ★   भरतपुरको होटलमा चिनियाँ नागरिक मृत फेला ★   सर्वनाममा नाटक ‘पूर्णविराम’ मञ्चन हुँदै ★   भूकम्पमा भत्केका सम्पदा पुन:निर्माण गर्दै ललितपुर महानगर ★   वन्यजन्तुको आहारका लागि सामुदायिक वनमा दश हजार बिरुवा रोपिए ★   हाँडेभिर–बगरफाँट–भकिम्ली कृषि सडकको स्तरोन्नति ★   फणीन्द्र देवकोटा पुन: ऊर्जा मन्त्रीमा नियुक्त ★   कमीकमजोरी सुधार्दै संसद्लाई देश र जनतामा केद्रित गर्नुपर्नेमा सभामुखको जोड

प्रिमियर लिगः लिभरपुल र सिटीको जित



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले वाटफोर्डलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले वाटफोर्डलाई २–० गोलले पराजित गरेको हो ।

लिभरपुललाई जित दिलाउन खेलको २२ औं मिनेटमा डिओगो जोटाले तथा ८९ औं मिनेटमा पेनाल्टीमार्फत फाविन्होले गोल गरे ।

जितसँगै लिभरपुल ३० खेलमा ७२ अंकसहित दोस्रो स्थानमा रहेको छ । समान खेलबाट २२ अंकसहित वाटफोर्ड १८ औं स्थानमा रहेको छ ।

यस्तै, शनिबार राति नै भएको अर्को खेलमा म्यान्चेस्टर सिटीले बर्नलेविरुद्ध २–० गोलको जित निकालेको छ ।

सिटीलाई जित दिलाउन पाँचौं मिनेटमा केभिन डि ब्रुएनाले तथा २५ औं मिनेटमा इल्काए गुन्डोवानले गोल गरे । जितसँगै सिटी ७३ अंकसहित शीर्ष स्थानमा रहेको छ । पराजित बर्नले २८ खेलबाट २१ अंकसहित १९ आंैं स्थानमा छ ।