• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै ★   रोल्पाको तालाबाङमा जिप दुर्घटना: सात जनाको मृत्यु ★   नेपालको शिक्षा प्रणाली, एसईई परिणाम अनितितो यथार्थ : एक आलोचनात्मक विश्लेषण ★   देउवाले आफ्नै निवासमा बोलाए पदाधिकारी बैठक ★   कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिमा के छ ? ★   कांग्रेस–एमाले सत्ता समीकरणमा सहमति, ओली चौथो पटक प्रधानमन्त्री बन्ने ★   बेल्जियमलाई हराउँदै फ्रान्स युरो कपको क्वाटरफाइनलमा ★   स्लोभेनियालाई पेनाल्टीमा हराउँदै पोर्चुगल युरो कपको क्वाटरफाइनलमा ★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

नेपालको कूटनीतिक सम्बन्ध १७६ देशमा विस्तार



काठमाडौँ । नेपाल र क्यारेबिनयन देश बेलीजबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालसँग कूटनीतिक सम्बन्ध कायम गर्ने मुलुकको सङ्ख्या १७६ पुगेको छ ।

कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्तपत्रमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र उक्त विश्व संस्थाका लागि बेलीजका स्थायी प्रतिनिधि कार्लोस सी। फुलरले शुक्रबार न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा आयोजित सङ्क्षिप्त समारोहमा हस्ताक्षर गर्नुभयो ।

दुवै देशका राजदूतले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएकोबारे जानकारी गराउने संयुक्तपत्रमा पनि हस्ताक्षर गर्नुभएको नेपालको स्थायी नियोगले जनाएको छ ।

त्यस अवसरमा राजदूतद्वयले दुई देशको पारस्परिक हितका लागि विशेषगरी संयुक्त राष्ट्रसङ्घका मञ्चहरूमा द्विपक्षीय सहयोगलाई बलियो बनाउने तथा साझा हितका विभिन्न विषयमा विचार आदानप्रदान गर्नुभएको थियो । संयुक्त अधिराज्यबाट २१ सेप्टेम्बर १९८१ मा स्वतन्त्र भएको बेलीजले त्यसको चार दिनपछि संयुक्त राष्ट्रसङ्घको सदस्यता पाएको थियो ।