२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल इन्फ्रास्ट्रक्चर बैंक र विशेष आर्थिक क्षेत्र प्राधिकरणबीच सम्झौता



अ+ अ-

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) बीच सम्झौता भएको छ । निजी क्षेत्रको सहभागिता वा सार्वजनिक निजी साझेदारी (सानिसा) मार्फत औद्योगिक पूर्वाधारमा लगानी, सोको विकास, निर्माण तथा सञ्चालनका लागि आवश्यक सहकार्य गर्दै औद्योगिक विकास प्रवद्र्धनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

उद्योग सचिव अर्जुनप्रसाद पोखरेलको समुपस्थितिमा विशेष आर्थिक क्षेत्र प्राधिकरणको तर्फबाट कार्यकारी निर्देशक बलराम रिज्याल र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका हुन् । सो अवसरमा प्राधिकरण र बैंकका अधिकारीहरूको सहभागिता रहेको थियो ।

उक्त समझदारीपत्रको उद्देश्य पाँचखाल विशेष आर्थिक क्षेत्र तथा बारा जिल्लाको सिमरामा अवस्थित विशेष आर्थिक क्षेत्र ब्लक ‘बी’ र ‘सी’ को प्राविधिक र आर्थिक प्राविधिक विश्लेषण, परियोजनाको बजारीकरण र विकासकर्ता छनोटका लागि आवश्यक सहयोग, बैंकको तर्फबाट वा बैंकको अगुवाइमा स्वपुँजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी सार्वजनिक निजी साझेदारीको माध्यमबाट विशेष आर्थिक क्षेत्रहरूको विकास तथा कार्यान्वयन गर्नु हो ।