• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ मङ्गलबार छिचोलिने ★   आयरल्याण्डविरुद्धको खेलअघि भारतका शीर्ष खेलाडीसँग रिसाए इरफान पठान ★   काठमाडौंका मेयर साहलाई काम गर्न दिनुपर्छ: काँग्रेस सांसद भण्डारी ★   सुझाव दिएकै भरमा एमाले र माओवादीबीच खटपट शुरु भयो भन्ने होइनः महेश बर्तौला ★   गिरिबन्धु टि स्टेटबारे ओलीको जवाफः बालेनलाई सोध्नुस् ★   सिलौटो बेचेर जीविकोपार्जन गर्दै धरानका विशाल ★   विपत्तिका बेला नागरिकको ज्यान जोगाउन ऐनकानुन नखोजौँ: गृहमन्त्री लामिछाने ★   टी–२० विश्वकपः नेपालको समूहका दक्षिण अफ्रिका र श्रीलंका भिड्दै ★   देउवासँगको छलफलपछि सिंहदरबारमा प्रचण्ड, ओली र नेपालबीच भेटवार्ता ★   भोजपुरको सर्वाङ्गिण विकास निर्माणका लागि सबै एक हौँ: पूर्वराष्ट्रपति भण्डारी

एमालेको हार्ने बानी छैन, माधव नेपालले हरुवा एमाले बनाएर गए – अध्यक्ष ओली



file photo

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको हार्ने बानी नभएको बताउनुभएको छ ।

काठमाडौंमा आयोजित अनेरास्ववियुको विस्तारित बैठक उद्घाटन समारोहमा बोल्दै ओलीले सो कुरा बताउनुभएको हो ।

‘अब एमालेको हार्ने बानी छैन, एमालेको जित्ने बानी छ । एमालेले पूरानो माधव नेपाल समयको हरुवा आदत छोड्दियो । २४० सिट लड्दाखेरि ३३ सिटमा खुम्चिने । एमाले भाले होकी पोथी हो भन्ने मान्छे । के नीति हो एमालेको थाहा छैन जिस्काउने ।’ अध्यक्ष ओलीले भन्नुभयो ‘ न कांग्रेसको विरोधमा बोल्न सक्या छ, जानुपर्ने कांग्रेसमा रैछ कसरी बोल्नु । कांग्रेसको पछि लाग्नुपर्ने रहेछ कसरी बोल्नु ।’