६ श्रावण २०८३, बुधबार
,
Latest
भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेगनास तालका व्यवसायीलाई क्यूआर हस्तान्तरण, डिजिटल भुक्तानी गरेर डुङ्गा सयर सकिने



अ+ अ-

काठमाडौँ । बेगनास तालमा रहेका डुङ्गा व्यवसायीहरुलाई क्यूआर कोड वितरण गरिएको छ । नगदरहित कारोबार अभियानलाई निरन्तरता दिँदै सिभिल बैंक र फोनपेको सहकार्यमा शुक्रबार एक कार्यक्रमका बीच बेगनास ताल डुङ्गा व्यवसायी संघ मार्फत बेगनास तालमा डुङ्गा चलाउने २ सय २० डुङ्गा व्यवसायीहरूलाई क्युआर कोड वितरण गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक डा. रामशरण खरेल, बेगनास ताल डुंगा व्यवसाय समितिका अध्यक्ष ढकनाथ कडेँल, फेवा ताल डुंगा व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादूर नेपाली, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल, फोनपेका एसिस्टेन्ट सिइओ दिवस सापकोटा लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले नगदरहित अभियानलाई प्रभावकारी बनाउन क्यूआर कोडलाई सर्वव्यापी रुपमा लैजानुपर्ने बताउनुभयो । यस्तै नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक डा. रामशरण खरेलले नोट छपाइ गर्दा खर्च हुने तथा विदेशीने मुद्रा बचाउन पनि नगदरहित अभियान अपरीहार्य रहेको बताउनुभयो ।

बेगनास तालमा क्यूआर हस्तान्तरणसँगै स्वदेशी तथा विदेशी पर्यटकले मोबाईल बैंकिङ्गमार्फत सहजै डिजिटल भुक्तानी गर्न सक्नेछन् । साथै भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स् र वालेट मार्फत समेत सहजै रकम भुक्तानी गर्न सक्नेछन् । यस्तै वाह्य पर्यटकले पनि भिजा मार्फत बेगनास तालमा डिजिटल रुपमा रकम भुक्तानी गर्न सक्नेछन् । फोनपेले विदेशी पर्यटकलाई सहज बनाउनका लागि केहीदिन अघि मात्र भिजासँग सहकार्य गरेको थियो ।

फोनपे पेमेन्ट सर्विस लिमिटेड लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त नेपालको अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन् । यस्तै फोनपेमा हालसम्म ६ लाख २० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । एक करोड ४० लाख भन्दा धेरै मोबाई बैकिङ्ग प्रयोगकर्ता तथा करिब ८० लाख भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ ।

क वर्गको सिभिल बैंक लि.ले ११५ शाखाहरु, ११ एक्सटेन्सन काउन्टरहरु तथा ९७ एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको छ ।