• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   न्यायपालिकाप्रतिको आशंका निवारणमा सबै पक्षको प्रयास केन्द्रित हुनुपर्छ: प्रधानन्यायाधीश श्रेष्ठ ★   न्यायपालिकाको सुदृढिकरणका लागि सरकार प्रतिवद्ध: प्रधानमन्त्री ★   टी–२० विश्वकपअघि नेपालले क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने ★   विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने: राष्ट्रपति पौडेल ★   एक सयभन्दा बढी युक्रेनी ड्रोन रोकेको रुसको दाबी ★   ‘मनाङको विकासमा ठेकेदारको लापरवाही’ ★   नेपाली कागजबाट मासिक एक लाख आम्दानी लिँदै पासाङ ★   प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो ★   सहकारी प्रकरणमा छानबिन समिति गठन हुनुपर्नेमा प्रतिपक्षी पाँच दल एकमत ★   राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन

क्युबामा गंगटा आतंक – सडकदेखि घरका पर्खालसम्म कब्जा



एजेन्सी । क्युबाका मानिसहरु आजभोलि एक अनौठो समस्याबाट त्रसित छन् । यो समस्याको बारेमा थाहा पाउँदा तपाईलाई विश्वास लाग्दैन, तर यो सत्य रहेको छ । वास्तवमा, यस समयमा, क्युबामा सडकदेखि घरको पर्खालसम्म जताततै गंगटाले कब्जा गरेको छ ।

रातो, सुन्तला र पहेंलो रङको गंगटाले क्युबाका धेरै तटीय क्षेत्रहरूमा आक्रमण गरेका छन् । उनीहरुको आक्रमणबाट देशको बे अफ पिग क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । यसरी यहाँ गंगटा निस्कनु नौलो कुरा भने होइन । वर्षेनि सँधै यहाँ गंगटाले त्रास फैलाउँदै आएको छ, तर यसपटक भने गंगटा छिटो निस्किएको छ । स्थानीय सरकारले अझै पनि यसबारे सम्बोधन गर्न तयार नभएकाले जनताले समस्या भोग्नु परेको छ ।

महामारीसँग लड्न लगाइएको लकडाउनका कारण सडकबाट समुन्द्री क्षेत्रमा मानिसको आवतजावत झण्डै ठप्प भएकाले कोरोना अवधि गंगटाका लागि फाइदाजनक सावित भएको थियो । यस अवधिमा गंगटाहरूले जहाँ पनि घुम्ने मौका पाएका थिए, जसका कारण ल्याटिन देशमा गंगटाहरूको संख्यामा ठूलो वृद्धि भएको थियो ।

कुनै बेला सवारीसाधनले चापाचाप हुने सडकहरू बन्दाबन्दीमा पूर्णतया खाली भएकाले सडक तथा अन्य ठाउँमा ठूलाठूला गंगटाहरू जन्मिएका छन् । जसका कारण बे अफ पिग क्षेत्र वरपरका गंगटाको संख्या लाखौं पुगेको छ ।

क्युबाको दक्षिणमा अवस्थित, बे अफ पिग खाडीमा एकातिर समुद्र छ र यसको किनारमा जंगलहरू छन् । बन्दाबन्दीमा समुद्र र जङ्गलको बीचबाट निस्किएका खाली सडकबाट गंगटाले फाइदा उठाएका छन् । यसअघि गंगटा बाहिर निस्कँदा सवारी साधनको ठक्करबाट मर्ने गरेको थियो । तर, कोरोनाका कारण गरिएको लकडाउनमा खाली सडक उनीहरुका लागि वरदान बनेको छ । पछिल्लो दुई वर्षमा, तिनीहरूको संख्या र आकार दुवै बढेको छ ।

मिडिया रिपोर्टका अनुसार, एक सुरक्षा गार्ड भन्छन् कि विगत दुई वर्षदेखि सडकमा चहलपहल कम थियो र पर्यटक पनि कम थिए । यस कारण, गंगटा साम्राज्य बढ्यो । समुन्द्री किनारका सडकहरु पर्यटनका लागि राम्रो ठाउँ भएपनि दुई वर्षयता गंगटाले ओगटेको छ ।

वैज्ञानिकहरू किन र कसरी गंगटाहरू यति चाँडो बाहिर निस्कियो भनेर पत्ता लगाउन प्रयास गरिरहेको क्युबाली वातावरण मन्त्रालयका वैज्ञानिक रेनाल्डो सान्टाना अगुइलर बताउँछन् । कोरोनाका कारण उनीहरुको जनसंख्या बढ्नुको कारण हो वा अन्य कुनै प्राकृतिक परिवर्तन यसबारे उनीहरु खुल्न सकेका छैनन् ।

उनीहरूको जनसंख्या वृद्धि बुझ्न सकिन्छ, तर यस समयमा गंगटाहरु विस्थापित नरहेको र यस अवधिमा उनीहरु किन विस्थापित भए भन्ने कुरा पत्ता लगाउन नसकिएको पनि रेनाल्डो बताउँछन् ।

गंगटाले क्युबामा समस्या निम्त्याएको छ । गंगटाले सडकदेखि घरका पर्खालसम्म कब्जा गरेका छन् । यी गंगटाहरूले क्युबाका मानिसहरूका लागि समस्या सिर्जना गरेका छन्।