१८ आश्विन २०८१, शुक्रबार
,
Latest
दशैँमा काठमाडौंमा खसी–च्याङ्ग्राको मासुको कमी हुन दिँदैनौँ: व्यवसायी राष्ट्रपति पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष दाहालको भेट छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने अफगानिस्तानका स्टार स्पिनर राशिद खानले गरे विवाह हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुटको सुविधा परिवारलाई सहयोग गर्न इँटा भट्टामा काम गर्छन् अफगान बालबालिकाहरू धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता स्थगित मुस्ताङमा बाह्य पर्यटकको चहलपहल बढ्न थाल्यो परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कंनुहुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसदहरुले पाउने दसैँ भत्ता खारेज



अ+ अ-

काठमाडौं । सरकारले सांसदलाई बाँडिँदै आएको दसैँ भत्ता खारेज गरेको छ । कोरोना महामारीले अर्थतन्त्र थिलथिलोको बनाएका बेला पनि सांसदले भत्ता लिएको भन्दै चौतर्फी आलोचना भएपछि संघीय संसद् सचिवालयले सांसदको दसैं भत्ता खारेज गरेको हो ।  

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकाको निर्णय अनुसार २०७६ सालदेखि सांसदलाई दसैँ भत्ता बाँडिँदै आएको थियो । मन्त्रिपरिषद्‌ले दसैं भत्ता उपलब्ध गराउने निर्णय नगरेको भन्दै सचिवालयले दसैं भत्ता बाँड्‍ने प्रचलन अन्त्य गरिएको जनाएको छ । 

मंगलबार संसद् सचिवालयले सांसदहरुलाई असोज महिनाको तलब खातामा पठाएको छ। असोज महिनाको तलबबापत सांसदलाई कुल दुई करोड ९८ लाख ४६ हजार पठाएको छ भने सांसदका पिएका लागि एक करोड ४३ लाख ७४ हजार निकासा गरेको सचिवालयले जनाएको छ । 

सांसदहरूले मासिक तलबबापत ६६ हजार ७० रुपैयाँ पाउँछन् । उनीहरुले तलबबाहेक बैठक भत्ता र यातायात खर्च छुट्टै पाउँछन् ।