२४ भाद्र २०८३, बुधबार
,
Latest
बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसदहरुले पाउने दसैँ भत्ता खारेज



अ+ अ-

काठमाडौं । सरकारले सांसदलाई बाँडिँदै आएको दसैँ भत्ता खारेज गरेको छ । कोरोना महामारीले अर्थतन्त्र थिलथिलोको बनाएका बेला पनि सांसदले भत्ता लिएको भन्दै चौतर्फी आलोचना भएपछि संघीय संसद् सचिवालयले सांसदको दसैं भत्ता खारेज गरेको हो ।  

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकाको निर्णय अनुसार २०७६ सालदेखि सांसदलाई दसैँ भत्ता बाँडिँदै आएको थियो । मन्त्रिपरिषद्‌ले दसैं भत्ता उपलब्ध गराउने निर्णय नगरेको भन्दै सचिवालयले दसैं भत्ता बाँड्‍ने प्रचलन अन्त्य गरिएको जनाएको छ । 

मंगलबार संसद् सचिवालयले सांसदहरुलाई असोज महिनाको तलब खातामा पठाएको छ। असोज महिनाको तलबबापत सांसदलाई कुल दुई करोड ९८ लाख ४६ हजार पठाएको छ भने सांसदका पिएका लागि एक करोड ४३ लाख ७४ हजार निकासा गरेको सचिवालयले जनाएको छ । 

सांसदहरूले मासिक तलबबापत ६६ हजार ७० रुपैयाँ पाउँछन् । उनीहरुले तलबबाहेक बैठक भत्ता र यातायात खर्च छुट्टै पाउँछन् ।