• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

सुनसरीमा एक लाखभन्दा बढी मतदाता थपिएः ५८१ मतदान केन्द्र



इनरुवा । सुनसरीमा एक लाख १३ हजार ६०६ जना मतदाता थपिएका छन् । आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा सुनसरीबाट पाँच लाख ३४ हजार ७६५ जनाले मतदानमा भाग लिन पाउने जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी अजय मिश्रले जानकारी दिनुभयो ।

स्थानीय तह निर्वाचन–२०७४ मा सुनसरीमा चार लाख २१ हजार १५९ मतदाता रहेका थियो । गत माघ २४ गते सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको भोलिपल्टदेखि निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन स्थगित गरेको थियो ।

सुनसरीमा सबैभन्दा बढी मतदाता इटहरी उपमहानगरपालिकामा छ भने सबैभन्दा कम मतदाता बर्जु गाउँपालिकामा रहेको सूचना अधिकारी मिश्रले बताउनुभयो । सुनसरीको १२ पालिकामध्ये धरान नगरपालिकामा स्थानीय तह निर्वाचन–२०७४ मा ७९ हजार २८२ मतदाता रहेकामा अहिले २१ हजार ४२ थपिएर कूल एक लाख ३२४ मतदाता रहेका छन् । तीमध्ये पुरुषभन्दा महिलाको सङ्ख्या बढी रहेको छ । धरानमा पुरुष ४७ हजार ४०८ र महिला ५२ हजार ९१६ मतदाता रहेका छन् । सुनसरी जिल्लाकै सबैभन्दा धेरै मतदाता रहेको पालिका यस पटक इटहरी उपमहानगरपालिका भएको छ । स्थानीय तह निर्वाचन– २०७४ मा ७७ हजार ६७७ मतदाता रहेकामा अहिले २६ हजार ९४९ मतदाता थपिएर कूल एक लाख चार हजार ६२६ मतदाता रहेका छन् । इटहरीमा पनि पुरुषभन्दा महिला मतदाताको सङ्ख्या बढी रहेको छ । इटहरीमा ४९ हजार ९२५ पुरुष र ५४ हजार ७०० महिला मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।

त्यस्तै इनरुवा नगरपालिकामा २०७४ सालमा ३६ हजार १४५ मतदाता रहेकामा अहिले आएर ४२ हजार ४४८ मतदाता पुगेका छन् । तीमध्ये पुरुष २२ हजार ९२ र महिला २० हजार ६५६ छन् । यसैगरी स्थानीय तह निर्वाचन– २०७४ मा दुहबी नगरपालिकामा ३० हजार ६७२ मतदाता रहेकामा अहिले ३६ हजार ७३० मतदाता पुगेका छन् । तीमध्ये पुरुष १९ हजार २०० र महिला १७ हजार ५३० छन् । बराह क्षेत्र नगरपालिकामा २०७४ मा ४७ हजार ३९८ मतदाता रहेकामा अहिले ६३ हजार ६०८ मतदाता पुगेका छन् । बराह क्षेत्रमा पनि पुरुषभन्दा महिला मतदाताको सङ्ख््या बढी छ । बराह क्षेत्रमा ३१ हजार ४२९ पुरुष र ३२ हजार १७९ महिला मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।

कार्यालयका अनुसार स्थानीय तह निर्वाचन–२०७४ मा रामधुनी नगरपालिकामा ३० हजार ३५६ मतदाता रहेकामा अहिले ४१ हजार ४७८ पुगेका छन् । तीमध्ये २० हजार १०३ पुरुष र २१ हजार ३७४ महिला छन् । कोसी गाउँपालिकामा २०७४ सालमा २२ हजार ४३० मतदाता रहेकामा अहिले २६ हजार ४६६ मतदाता पुगेका छन् । तीमध्ये पुरुष १४ हजार ६९१ र महिला ११ हजार ७७५ छन् । गढी गाउँपालिकामा २०७४ मा १९ हजार ६४६ मतदाता रहेकामा अहिले २३ हजार ८१७ पुगेका छन् । तीमध्ये पुरुष १२ हजार ३९८ र महिला ११ हजार ४१९ छन् । त्यस्तै देवानगञ्ज गाउँपालिकामा २०७४ मा १९ हजार ५४५ मतदाता रहेकामा अहिले २३ हजार ५७८ छन् । तीमध्ये पुरुष १२ हजार ७८८ र महिला १० हजार ७९० छन् । बर्जु गाउँपालिकामा २०७४ मा १८ हजार ५६४ जना मतदाता रहेकामा अहिले ११ हजार ८८१ पुरुष र १० हजार ५८६ महिला गरी कूल २२ हजार ४६७ मतदाता रहेका छन् ।

भोक्राहा नरसिंह गाउँपालिकामा २०७४ मा १८ हजार ८८३ मतदाता रहेकामा अहिले २४ हजार १०१ रहेका छन् । तीमध्ये पुरुष १३ हजार ४५० र महिला १० हजार ६५१ छन् । त्यस्तै हरिनगर गाउँपालिकामा २०७४ मा २० हजार ५६१ जना मतदाता रहेकामा अहिले २४ हजार ८२२ छन् । तीमध्ये पुरुष १३ हजार ७८१ र महिला ११ हजार ४१ रहेको सो कार्यालयले जनाएको छ ।

जिल्लामा आसन्न स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरपालिकाबाट एक र रामधुनी नगरपालिकाबाट एक गरी दुई जना यौनिक तथा अल्पसङ्ख्यक समूहका व्यक्तिले पनि मतदान गर्ने सूचना अधिकारी मिश्रले बताउनुभयो । उहाँका अनुसार आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा जिल्लामा १६६ मतदान स्थल र ५८१ मतदान केन्द्र हुने जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।

आसन्न स्थानीय तहको निर्वाचनमा धरानमा १०७, इटहरीमा १११, इनरुवामा ४७, दुहबीमा ४२, बराहक्षेत्रमा ६७, रामधुनीमा ४४, कोसीमा २९, गढीमा २७, देवानगञ्जमा २६, बर्जुमा २५, भोक्राहा नरसिंहमा २८ र हरिनगरमा २८ गरी कूल ५८१ मतदान केन्द्रबाट मतदान हुने जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी मिश्रले बताउनुभयो । (रासस, अजितकुमार झा)