• २३ जेष्ठ २०८१, बुधबार
  •      Wed Jun 5 2024
  •   Unicode
Logo
Latest
★   मधेश प्रदेश: जसपा नेपाल नेतृत्वको सरकार ढल्यो, मुख्यमन्त्रीले पाएनन् विश्वासको मत ★   एमालेलाई निर्णायक शक्ति बनाउन जरुरी छः उपाध्यक्ष पौडेल ★   ओलीलाई रविको जवाफः अन्तरदेशीय विवाह पितृ सत्तालाई मन परेको छैन ★   देशलाई समृद्ध बनाउन शिक्षा र स्वास्थ्यको हब बनाउनुपर्छः सांसद भण्डारी ★   सहकारी छानविन समितिले तोकिएकै समयमा प्रतिवेदन ल्याउनुपर्छ भन्नेमा एमाले स्पष्ट छः प्रमुख सचेतक बर्तौला ★   अर्थतन्त्रलाई चलायमान बनाउन बजेट उत्पादनमुखी छः अर्थमन्त्री पुन ★   बजेटले अर्थतन्त्रलाई थप गति दिन्छः अर्थमन्त्री पुन ★   समाजवादको आधार तयार पार्न परिर्वतनका उपलब्धिको रक्षा गर्नुपर्छः परराष्ट्रमन्त्री श्रेष्ठ ★   ‘पुजार सार्की’ले काँग्रेस, एमाले वा माओवादीले भन्दा महान् क्रान्ति गरेको छ: हिसिला यमी ★   ओलीलाई अर्थमन्त्रीको जवाफ: बजेट माओवादीतिर नभई जनतातिर ढल्केको छ

एआईजी बढुवामा विवाद : वरिष्ठ डिआईजीद्वारा सर्वोच्चमा रिट दायर



काठमाडौँ । नेपाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा विवाद देखिएको छ । आफूहरुलाई छोडेर कनिष्ठ डिआइजीहरुलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध वरिष्ठ डिआईजीहरुले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका छन् ।

डिआईजीहरु घनश्याम अर्याल, प्रकाशजङ्ग कार्की र ईश्वरबाबु कार्की ले मुद्दा दायर गर्नुभएको हो । सरकारले तीन डिआईजीहरु वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिले यही चैत १ गते उनीहरुलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । सो सिफारिसविरुद्ध लोकसेवा आयोगमा समेत उजुरी परेको थियो ।

लोकसेवा आयोगमा उजुरी परेपछि उनीहरुको नियुक्तिमा केही ढिलाई भएको थियो । समितिले बढुवा गरेको सिफारिसलाई लोकसेवा आयोगले सदर गरेपछि मन्त्रिपरिषद्को बैठकले बढुवा गर्ने निर्णय गरेको थियो ।