१८ आश्विन २०८१, शुक्रबार
,
Latest
बस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड नवरात्रमा पनि सुनसान पाथीभरा उपभोक्ताको गुनासो: ‘महँगो दशैँ, हरेक सामानमा बार्गेनिङ गर्नुपर्छ’ बिपी राजमार्गसहित भित्री सडक बगेपछि जनजीवन कष्टकर परराष्ट्रमन्त्री राणा दोहामा द्विपक्षीय भेटवार्तामा व्यस्त, आज स्वदेश फर्कंदै सात करोड खर्चेर तनहुँको कुलुङखोलामा पक्की पुल बन्दै बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु राप्रपामा विभागीय प्रमुख हेरफेरप्रति लोहनीको आपत्ति पूर्वराजा ज्ञानेन्द्रले शुभेच्छुकलाई निर्मल निवासमा दशैंको टीका लगाइदिने पूर्वराजा ज्ञानेन्द्र यसकारण गएका थिए भुटान
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाको कार्यकारिणी समितिको बैठक बस्दै, मन्त्री चयनका लागि मापदण्ड बनाउने



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । मन्त्रीको नाम चयन लगायतका विषयमा छलफल गर्न बुधबार जसपा नेपाल कार्यकारिणी समितिको बैठक बोलाएको हो । 

पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाका अनुसार सत्तारुढ गठबन्धनमा मन्त्रालयको टुगों लागेपछि मन्त्रीमण्डलमा कसलाई कसरी पठाउने त्यसको मापदण्ड बनाउन कार्यकारिणी समितिको बैठक बस्न लागेको हो । 

उनले भने, ‘कार्यकारिणी समितिको बैठकबाट नाम नै टुंगो त लाग्दैन तर कस्तो व्यक्तिलाई पठाउने, नयाँ अनुहार पठाउने कि पुरानैबाट पठाउने लगायतका विषयमा मापदण्ड तयार गरी नेताहरुले नाम टुंगो लगाउनु हुनेछ ।’

मंगलबार बसेको जसपा संसदीय दलको बैठकले मन्त्रीबारे निर्णय लिने अधिकार अध्यक्ष उपेन्द्र यादवलाई  दिएको छ । अध्यक्ष यादवले मन्त्रीको नाम टुंगो लगाउनुभन्दा पहिले कार्यकारिणी समितिको बैठकबाट पनि त्यसको म्याण्डेट लिन लागेका हुन् ।

जसपाले भौतिक पूर्वाधार तथा यतायात, वन तथा वतावरण, संघीय मामिला तथा समान्य प्रशासन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय पाएको छ । जसपा नेपालमा मन्त्रीका आकांक्षी धेरै छन् । 

स्रोतका अनुसार शीर्ष तहका नेताहरुलाई सरकारमा नपठाउन र नयाँ अनुहारलाई सरकारमा पठाउने तयारी भइरहेको छ ।