२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपालमा पहिलोपटक दृष्टिविहीनहरूको सहभागितामा सेतो छडी वाकाथन प्रतियोगिता News Polar कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक News Polar रसुवा बाढीः ‘विकास क्षेत्रको पुनरुत्थान र प्रकृतिमा आधारित पर्यटन प्रवर्द्धनका लागि सरकारले ठोस योजना ल्याओस्’ News Polar प्रधान सेनापतिबाट फूलपाती बढाइँ समारोहको अन्तिम निरीक्षण-फोटो फिचर News Polar तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार News Polar सङ्गठित अपराधको कसुरमा चार जना पक्राउ News Polar विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन News Polar दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार News Polar उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते News Polar राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन News Polar उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने हुथी विद्रोहीको योजनाबारे प्रतिवेदन सार्वजनिक News Polar नीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्णः प्रकृति संरक्षण कोष News Polar जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ सार्वजनिकः मधेसको सीमान्तकृत पीडा र विभेदको दस्तावेज News Polar जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा ध्यान दिनुपर्छः प्रकृति संरक्षण कोष News Polar सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित) News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट

सुदूरपश्चिम प्रदेशमा सुरक्षा व्यवस्था कडा

सुदूरपश्चिम प्रदेशमा सुरक्षा व्यवस्था कडा
file
अ अ+ अ-

कैलाली । चाडपर्वको बेला हुने अपराधिक क्रियाकलाप नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

चाडपर्वको बेला अन्य समयभन्दा बढी भीडभाड हुने गरेकाले विभिन्न अपराधिक क्रियाकलाप हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको हो । सम्भावित अपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले हरेक वर्ष चाडपर्व लक्षित सुरक्षा योजना लागू गर्दै आएको छ । सुरक्षा योजना बलियो बनाउन प्रदेशभर ३ हजार ८ सय ४७ जना प्रहरी परिचालन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विक्रमकुमार चन्दले बताउनुभयो । उहाँले सीमा नाकामा पनि भारतबाट आउने नेपालीहरुले सहज रुपमा स्वदेश आउन व्यवस्था गरिएको बताउँदै चोरी, तस्करी नियन्त्रणका लागि प्रदेशका सीमा नजिकका ३९ ठाउँमा प्रहरी खटाइएकोे जानकारी दिनुभयो । प्रहरी वरिष्ठ उपरीक्षक चन्दले प्रदेश राजधानी कैलालीलाई दुई भागमा विभाजन गरेर एकीकृत सुरक्षा योजना लागू गरिएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सुरक्षा योजना बलियो बनाउन प्रदेशभर ३ हजार ८ सय ४७ जना प्रहरी परिचालन गरिएको छ, सीमा नाकामा पनि भारतबाट आउने नेपालीहरुले सहज रुपमा स्वदेश आउन व्यवस्था मिलाएका छौँ, चोरी, तस्करी नियन्त्रणका लागि प्रदेशका सीमा नजिकका ३९ ठाउँमा प्रहरी खटाइएकोे छ, हामीले प्रदेश राजधानी कैलालीलाई दुई भागमा विभाजन गरेर एकीकृत सुरक्षा योजना लागू गरिएको छ ।’

त्यस्तै जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले चाडपर्वका बेला हुनसक्ने सम्भावित घटना तथा दुर्घटनालाई ध्यानमा राखेर विशेष सुरक्षा योजना बनाएको बताउनुभयो । उहाँले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर प्रदेशभर विशेष सुरक्षा योजना लागू गरिएको बताउनुभयो ।

एसएसपी अधिकारीले भन्नुभयो, ‘चाडपर्वको बेला अन्य समयभन्दा बढी भीडभाड हुने गरेकाले विभिन्न आपराधिक क्रियाकलाप हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ, सम्भावित आपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले हरेक वर्ष चाडपर्व लक्षित सुरक्षा योजना लागू गर्दै आएको छ, यसवर्ष पनि गत वर्षझैँ हामीले चाडपर्वका बेला हुनसक्ने सम्भावित घटना तथा दुर्घटनालाई ध्यानमा राखेर विशेष सुरक्षा योजना बनाएर प्रदेशभर लागू गरेका छौँ, दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरिएको छ ।’

कोरोनाको जोखिम कायमै रहेकोले सर्वसाधारणमा पनि सचेत भएर दशैँ मनाउन र दशैँको लागि किनमेल गर्न प्रहरीले आग्रह गरेको एसएसपी अधिकारीले बताउनुभयो ।