१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजस्व छली गरेकामा राजस्व अनुसन्धान विभागद्वारा मुद्दा दायर



अ+ अ-

काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व छली गरेको कसुरमा एक भारतीय नागरिकविरुद्ध आज उच्च अदालत पाटनमा राजस्व चुहावटसम्बन्धी मुद्दा दायर गरेको छ ।

भारत पश्चिम बङ्गाल, सिलगुरी थाना स्थायी ठेगाना भई काठमाडौँ महानगरपालिका–१३ ताहाचलमा बसोबास गर्ने विमला इन्टरनेसनलको सम्पूर्ण कारोबार गर्ने ३२ वर्षीय अमितकुमार अग्रवालविरुद्ध विभागले मुद्दा दायर गरेको हो ।

उक्त फर्मले राजस्व चुहावट गर्ने मनसायले कानूनबमोजिमको बिजक जारी नगरी प्राप्त आयलाई आफ्नो व्वसायको आधिकारीक बिक्री आयमा समावेश नगरी ठूलो परिमाणको नगद घरमा राख्ने गरेको र आयकर ऐन तथा मूल्य अभिवृद्धि कर ऐन तथा नियमबमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको कार्य गरेको विभागले जनाएको छ ।

विभागले अग्रवालविरुद्ध रु तीन करोड ८० लाख ३१ हजार ८५२ बिगो कायम गरी उक्त कायम बिगोको शतप्रतिशत जरिवाना गर्न निजको बासस्थानबाट बरामद भएको रु एक करोड ५० लाख घटाई रु दुई करोड ३० लाख ३१ हजार ८५२ जरिवाना र कानूनबमोजिम हदैसम्मको सजाय कायम गर्न विभागले मागदावी गरेको छ ।

अमित कुमार अग्रवाल_Section 5 (2)