३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजस्व छली गरेकामा राजस्व अनुसन्धान विभागद्वारा मुद्दा दायर



अ+ अ-

काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व छली गरेको कसुरमा एक भारतीय नागरिकविरुद्ध आज उच्च अदालत पाटनमा राजस्व चुहावटसम्बन्धी मुद्दा दायर गरेको छ ।

भारत पश्चिम बङ्गाल, सिलगुरी थाना स्थायी ठेगाना भई काठमाडौँ महानगरपालिका–१३ ताहाचलमा बसोबास गर्ने विमला इन्टरनेसनलको सम्पूर्ण कारोबार गर्ने ३२ वर्षीय अमितकुमार अग्रवालविरुद्ध विभागले मुद्दा दायर गरेको हो ।

उक्त फर्मले राजस्व चुहावट गर्ने मनसायले कानूनबमोजिमको बिजक जारी नगरी प्राप्त आयलाई आफ्नो व्वसायको आधिकारीक बिक्री आयमा समावेश नगरी ठूलो परिमाणको नगद घरमा राख्ने गरेको र आयकर ऐन तथा मूल्य अभिवृद्धि कर ऐन तथा नियमबमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको कार्य गरेको विभागले जनाएको छ ।

विभागले अग्रवालविरुद्ध रु तीन करोड ८० लाख ३१ हजार ८५२ बिगो कायम गरी उक्त कायम बिगोको शतप्रतिशत जरिवाना गर्न निजको बासस्थानबाट बरामद भएको रु एक करोड ५० लाख घटाई रु दुई करोड ३० लाख ३१ हजार ८५२ जरिवाना र कानूनबमोजिम हदैसम्मको सजाय कायम गर्न विभागले मागदावी गरेको छ ।

अमित कुमार अग्रवाल_Section 5 (2)