२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपालमा पहिलोपटक दृष्टिविहीनहरूको सहभागितामा सेतो छडी वाकाथन प्रतियोगिता News Polar कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक News Polar रसुवा बाढीः ‘विकास क्षेत्रको पुनरुत्थान र प्रकृतिमा आधारित पर्यटन प्रवर्द्धनका लागि सरकारले ठोस योजना ल्याओस्’ News Polar प्रधान सेनापतिबाट फूलपाती बढाइँ समारोहको अन्तिम निरीक्षण-फोटो फिचर News Polar तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार News Polar सङ्गठित अपराधको कसुरमा चार जना पक्राउ News Polar विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन News Polar दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार News Polar उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते News Polar राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन News Polar उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने हुथी विद्रोहीको योजनाबारे प्रतिवेदन सार्वजनिक News Polar नीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्णः प्रकृति संरक्षण कोष News Polar जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ सार्वजनिकः मधेसको सीमान्तकृत पीडा र विभेदको दस्तावेज News Polar जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा ध्यान दिनुपर्छः प्रकृति संरक्षण कोष News Polar सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित) News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट

सेनाका रेफ्री ढकाल पाकिस्तान तथा फ्रान्सका प्रतियोगितामा निर्णायक

सेनाका रेफ्री ढकाल पाकिस्तान तथा फ्रान्सका प्रतियोगितामा निर्णायक
अ अ+ अ-

काठमाडौं । नेपाली सेनामा तेक्वान्दो खेल विधाका रेफ्री दीपेन्द्र ढकाल पाकिस्तानको इस्लामाबादमा आगामी कात्तिक १८ देखि २३ गतेसम्म हुने चिफ अफ आर्मी स्टाफ (सिओएएस) ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको निर्णायक मण्डलमा छनोट हुनुभएको छ ।

फ्रान्समा आगामी कात्तिक २६ देखि २८ गतेसम्म हुने फ्रेन्च इकोपेन विश्व वरियता तेक्वान्दो खुला प्रतियोगीताका लागि पनि उहाँ निर्णायकमा छनोट हुनुभएको छ । एसियन तेक्वान्दो युनियन तथा युरोपियन तेक्वान्दो युनियनबाट उक्त प्रतियोगिताका लागि निर्णायक मण्डलमा ढकालको छनोटको जानकारी प्राप्त भएको नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रका प्रमुख एवं महासेनानी शशिकिरण रायमाझीले जानकारी दिनुभयो ।

चीनको उहानमा २०७६ कात्तिकमा भएको सातौँ विश्व सैनिक खेलकुद प्रतियोगिता (सिज्म्स)मा समेत रेफ्री ढकाल तेक्वान्दो विधामा निर्णायकमण्डलमा हुनुहुन्थ्यो । चीनकै उसि सहरबाट विसं २०७४ मा अन्तर्राष्ट्रिय रेफ्री कोर्ष प्राप्त गर्नुभएका ढकाल काभ्रे कुशादेवीका बासिन्दा हुनुहुन्छ । स्थानीय लालीगुराँस तेक्वान्दो डोजाङबाट यस विधामा प्रवेश गर्नुभएका उहाँ नेपालको खेलकुद क्षेत्रमा स्थापित अन्तर्राष्ट्रिय रेफ्री बन्न सफल हुनुभएको छ ।

काठमाडौँमा सम्पन्न दक्षिण एसियाली खेलकुद (साग) र जर्मनीको ह्याम्बर्गमा भएको जर्मन ओपनमा विश्व वरियता खेलकुद जी टु प्रतियोगितामा पनि उहाँले रेफ्री भएर काम गरिसक्नुभएको छ । छोटो समयको तीव्र प्रतिष्पर्धाको खेलमा भीडन्तलाई ठिक ढङ्गले नियालेर सही निर्णय सुनाउनुपर्ने भएकाले रेफ्रीका लागि तटस्थता, निष्पक्ष, साहसिक र व्यावसायिक गुण अनिवार्य मानिन्छ ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा दोस्रो श्रेणीको निर्णायक बरियता नजिक रहनुभएका ढकाल मुलुकका सुरक्षा निकायका एक्ला अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री हुनुहुन्छ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब मुलुकको खेलकूद विधामा च्याम्पियनसीप विभागीय टोली हो ।

स्पेन, अमेरिका, जापान, पोर्चुगललगायत मुलुकबाट यसबीचमा रेफ्रिका लागि निम्ता आए पनि कोभिड–१९ का कारण प्रतियोगितामा सहभागी हुन नसकेको उहाँले राससलाई प्रतिक्रिया दिनुभयो ।