१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी

आईपीएलः बैंगलोरमाथि लगातार तेस्रो जितको खोजीमा कोलकाता

आईपीएलः बैंगलोरमाथि लगातार तेस्रो जितको खोजीमा कोलकाता
अ अ+ अ-

एजेन्सी । आईपीएलको पहिलो खेलमा जितसँगै सुरुवात गरेको कोलकाता नाइट राइडर्स (केकेआर) आज रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) विरुद्धको खेलमा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यमा छ ।

श्रेयस अय्यरको नेतृत्वमा रहेको केकेआरले आफ्नो पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको थियो भने आरसीबीले पञ्जाब किंग्ससँग २०० रन बनाएर पनि पाँच विकेटको हार बेहोरेको थियो ।

दुई टोलीबीच हालसम्म जम्मा ३० खेल भएका छन् । जसमध्ये कोलकाताले १७ र बैंगलोरले १३ खेल जितेको छ । दुई टोलीबीचको पछिल्लो १० खेलमा कोलकाताले ६ र बैंगलोरले चार जित निकालेको छ । कोलकाताको टोली बैंग्लोरविरुद्ध जितको ह्याट्रिक गर्न चाहन्छ । गत सिजन, केकेआर र आरसीबीले तीन पटक भेट गरेका थिए । पहिलो खेलमा कोहलीको टिम विजयी भएको थियो । त्यसपछि कोलकाताले दोस्रो खेल र प्लेअफमा बैंगलोरलाई पराजित गरेको थियो ।

आरसीबीका कप्तान फाफ डु प्लेसिस उत्कृष्ट लयमा छन् । उनले पहिलो खेलमा ५७ बलमा ८८ रन बनाउँदै आफ्नो फर्मलाई कायम राख्न प्रयास गर्नेछन् । यद्यपि, ओपनर अनुज रावतले राम्रो सुरुवातको फाइदा उठाउन सकेनन् तर आफ्नो प्रदर्शनमा निरन्तरता ल्याउन उनी चाहन्छन् । कप्तानको दबाबबाट मुक्त भएपछि विराट कोहलीले फर्ममा फर्किने संकेत दिएका छन् र कोलकाताविरुद्ध सबैको नजर कोहलीमा पर्नेछ । यदि आरसीबीले जित दर्ता गर्न चाहन्छ भने विकेटकिपर दिनेश कार्तिकले पनि अघिल्लो खेल जस्तै यस खेलेमा पनि राम्रो प्रदर्शन गर्नुपर्ने हुन्छ ।

केकेआरका बलरले फाफको छक्का प्रहार गर्ने क्षमताबाट विशेष सजग रहनुपर्नेछ भने आरसीबीका बलरहरूले पञ्जाबविरुद्धको कमजोरीलाई पनि बिर्सनुपर्नेछ। मोहम्मद सिराजले पछिल्लो खेलमा ५९ रन दिएका थिए । उनले छिट्टै आफ्नो खेलमा सुधार गर्नुपर्छ । यस्तै, डेथ ओभर विशेषज्ञ बलर हर्षल पटेलको भूमिका पनि महत्वपूर्ण हुनेछ । मध्य ओभरमा श्रीलंकाका स्पिनर हसरंगाको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुनेछ ।

अर्कोतर्फ केकेआरले पहिलो खेलमा सबै क्षेत्रले राम्रो प्रदर्शन गरेको थियो र उनीहरू त्यही दोहोर्याउन चाहन्छन् । केकेआरका लागि सबैभन्दा ठूलो सकारात्मक पक्ष अजिंक्य रहाणे फर्ममा फर्किनु हो । अलराउन्डर भेंकटेश अय्यरले पहिलो खेलमा १६ रन मात्र बनाउन सके पनि बलिङ आक्रमणलाई ध्वस्त पार्न सक्छन् । मध्यक्रममा कप्तान श्रेयस अय्यर, साम बिलिङ्स र शेल्डन ज्याक्सनले जिम्मेवारी लिनुपर्नेछ ।

बलिङमा उमेश यादवले अन्तिम खेलमा उत्कृष्ट खेलेका थिए । तर, शिवम मावी, स्पिनर वरुण चक्रवर्ती र सुनिल नारायण लगायत अन्यले आफ्नो प्रदर्शन सुधार्नुपर्ने हुन्छ । ब्याट र बलमा अलराउन्डर आन्द्रे रसेलको भूमिकाले दुई टोलीबीचको खेललाई फरक पार्न सक्छ ।

खेल समयः ७ः४५ बजे

रोयल च्यालेन्जर्स बैंगलोरको सम्भावित प्लेइङ–११
फाफ डु प्लेसिस (कप्तान), अनुज रावत, विराट कोहली, शेरफान रदरफोर्ड, शाहबाज अहमद/महिपाल लोमरोर, दिनेश कार्तिक (विकेटकीपर), हर्षल पटेल, वानिन्दु हसरांगा, डेभिड विली, आकाश दीप, मोहम्मद सिराज ।

कोलकाता नाइट राइडर्सको सम्भावित प्लेइङ–११
वेंकटेश अय्यर, अजिंक्य रहाणे, श्रेयस अय्यर (कप्तान), नितिश राणा, साम बिलिङ्स, आन्द्रे रसेल, सुनील नारायण, शेल्डन ज्याक्सन (विकेटकीपर), उमेश यादव, शिवम मावी, वरुण चक्रवर्ती।