२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

किशोर गुरुङको गोरक्ष संरक्षण अभियान राप्रपामा समाहित



अ+ अ-

काठमाडौँ । किशोर गुरुङ नेतृत्वको गोरक्षा संरक्षण अभियान राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा समाहित भएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा आयोजित एक कार्यक्रममा सो अभियानलाई राप्रपामा समाहित गरेका हुन् ।

यसअघि ज्ञानेन्द्र शाही नेतृत्वको ‘हाम्रो नेपाल हामी नेपाली अभियान’ राप्रपामा समाहित भएको थियो । यसैबीच राप्रपाले राष्ट्रिय युवा मोर्चाको नेतृत्व हेरफेर गरेको छ । नेतृत्वसहित पार्टीको सम्पूर्ण सुरक्षा हेर्नका लागि गठन गरिएको सो मोर्चाको अध्यक्षमा काठमाडौँका सुरज पाण्डेलाई जिम्मेबारी दिइएको छ ।

यसअघि सो मोर्चाका अध्यक्ष रहेका केदार धमला पार्टीको काठमाडौँ महानगर समितिको अध्यक्ष बनेकाले मोर्चाको नेतृत्व परिवर्तनका लागि आग्रह गरिएको थियो । पार्टीले मोर्चालाई आवश्यक कार्ययोजना बनाएर पेश गर्न निर्देशन दिइएको छ ।

राप्रपाले यही चैत २५ गते काठमाडौँमा स्थानीय तहको निर्वाचनालाई केन्द्रीत गरेर आमसभा गर्ने भएको छ । सो आमसभालाई पार्टीको शक्ति प्रदर्शनका रुपमा तयारी गरिरहेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताए ।