११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडेल पक्षको बैठक बस्दै, सरकारमा सहभागी हुने मन्त्रीहरुबारे छलफल हुँदै



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूबिचको बैठक आज बस्दैछ । पौडेलको आह्वानमा बस्न लागेको बैठक पौडेलनिवास बोहराटारमा दिउँसो २ बजेपछि बस्ने भएको छ ।

आजको बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरुबारे छलफल हुने तथा कांग्रेसले पाउने मन्त्रालयको संख्या र त्यसमा पनि आफ्नो समूहबाट हुने प्रतिनिधित्वबारे छलफल हुने जनाइएको छ ।

बैठकमा महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजाललगायतलाई बोलाइएको छ । 

यतिबेला सरकारमा सहभागी हुने मन्त्रीहरुमा पौडेल पक्षबाट डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, तेजुलाल चौधरी, राजन केसी, सञ्जय गौतमलगायतको नाम चर्चामा रहेको छ ।