२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडेल पक्षको बैठक बस्दै, सरकारमा सहभागी हुने मन्त्रीहरुबारे छलफल हुँदै



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूबिचको बैठक आज बस्दैछ । पौडेलको आह्वानमा बस्न लागेको बैठक पौडेलनिवास बोहराटारमा दिउँसो २ बजेपछि बस्ने भएको छ ।

आजको बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरुबारे छलफल हुने तथा कांग्रेसले पाउने मन्त्रालयको संख्या र त्यसमा पनि आफ्नो समूहबाट हुने प्रतिनिधित्वबारे छलफल हुने जनाइएको छ ।

बैठकमा महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजाललगायतलाई बोलाइएको छ । 

यतिबेला सरकारमा सहभागी हुने मन्त्रीहरुमा पौडेल पक्षबाट डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, तेजुलाल चौधरी, राजन केसी, सञ्जय गौतमलगायतको नाम चर्चामा रहेको छ ।