२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावारी कैलालीद्धारा पुर्व प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार सम्मानित



अ+ अ-

काठमाडौं । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावारी कैलालीले विभिन्न बिधाका सहित्यकारलाई पुरस्कृत तथा अभिनन्दन गरेको छ ।
प्रतिष्ठानले मगलबार काठमाडौमा आयोजना गरेको विविध पुरस्कार एवम अभिनन्दन कार्यक्रममा पुर्व प्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दको ८४ औ वसन्त प्रवेशको अवसरमा अभिनन्दन तथा पुस्कार वितरण गरिएको हो । प्रतिष्ठानका अध्यक्ष पदमराज जोशीले कोरोना संक्रमणका कारण विगत वर्षमा राकिएको सम्मान कार्यक्रम यस वर्ष गरिएको बताए ।

प्रतिष्ठानले २०७५ सालको १ लाख रुपैया राशीको मणिराज बाङमय पुरस्कार पुर्वप्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्द र २०७६ सालको सोही पुरस्कार साहित्यकार डा। तुलसी भट्टराई लाई प्रदान गरेको छ । यसैगरी गोदावारी प्रतिभा पुरस्कार दीपकप्रकाश बास्कोटालाई प्रदान गरिएको छ । यसरी नै स्वामी खप्तड स्वामी सत्चितानन्द सरस्वती पुरस्कार सहित्कार भरतराज पौडेललाई प्रदान गरिएको छ ।

प्रतिष्ठानले शास्त्री देवराज आचार्य पुस्कार २०७६ प्रा.डा. रामचन्द्र भट्ट र खडग वहादुर प्रतिभा पुरस्कार लक्की वहादुर चौधरीलाई प्रदान गरिएको छ ।
सो अवसरमा पुर्वप्रधानमन्त्री चन्दले डा. तुलसी भट्टराईद्धारा लिखित ‘सुनेको चिन देखेपछि’ नामक यात्रा बृत्तान्त पुस्तक समेत लोर्कापण गर्नु भएको छ । सो अवसरमा पुर्वप्रधानमन्त्री चन्दले साहित्य समाजको आत्मा भएकाले साहित्य विना मानब जिवन निरस हुने बताए ।

सो अवसरमा प्रतिष्ठानका अध्यक्ष पदमराज जोशी, महासचिब मदनराज जोशी, साहित्कार तुलसी भट्टराई लगायतका साहित्कारले मन्तव्य राखेका थिए ।




भर्खरै