• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

आईपीएलः राजस्थानसँग ६१ रनले पराजित भयो हैदरावाद



एजेन्सी । १५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत राजस्थान रोयल्सले सनराइजर्स हैदरावादलाई ६१ रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर २१० रन बनाएको थियो ।

कप्तान सञ्जु सैमसनले आफ्नो १०० औं खेलमा राजस्थानका लागि विशेष इनिङ खेलेका थिए । उनी २७ बलमा ५५ रन बनाएर आउट भए । त्यसैगरी देवदत्त पडिक्कलले २९ बलमा ४१ र सिमरोन हेटमायरले १३ बलमा ३२ रन जोडे ।

जवाफमा हैदरावादको टोलीले २० ओभरमा सात विकेट गुमाएर १४९ रन मात्रै बनाउन सक्यो । हैदराबादका लागि एडेन मार्करामले सर्वाधिक रन बनाए । उनले ४१ बलमा ५७ रन बनाएर अविजित रहे । यसबाहेक वासिङ्टन सुन्दरले १४ बलमा ४० रनको पारी खेले । हैदरावादका दुई ब्याट्सम्यान राहुल त्रिपाठी र निकोलस पूरन शून्य रनमा आउट भए ।

राजस्थानको टोली यस सिजनमा स्कोर रक्षा गर्दै खेल जित्ने पहिलो टोली बनेको छ । पछिल्ला चार खेलमा ब्याटिङ गरेको टोलीले जित निकालेको थियो । योसँगै राजस्थानले हैदरावादसँग बराबरी गरेको छ । यी दुईबीच हालसम्म १६ वटा खेल भएका छन् । जसमध्ये राजस्थानले आठ र हैदरावादले पनि आठ खेल जितेको छ ।

पहिले ब्याटिङ गरेको राजस्थानको टोलीले २० ओभरमा ६ विकेट गुमाएर २१० रन बनाएको थियो । कप्तान सञ्जु सामसनले ५५ रनको उत्कृष्ट इनिङ्स खेले । यो उनको आईपीएल करियरको १६ औं अर्धशतक हो । सामसनले आफ्नो पारीमा तीन चौका र पाँच छक्का प्रहार गरे । राजस्थानको टोली इनिङ्सको सुरुवातमा भाग्यशाली रह्यो । पहिलो ओभरमा भुवनेश्वर कुमारले बटलरलाई पूरनको हातमा क्याच आउट गरे तर बल नो बलमा परिणत भएपछि बटलरले जीवनदान पाए ।

त्यसपछि बटलरले यशस्वी जैसवालसँग मिलेर ५८ रनको ओपनिङ साझेदारी खेले । आइपिएलको आफ्नो पहिलो खेल खेल्दै आएका वेस्ट इन्डिजका रोमारियो शेफर्डले यशस्वीलाई आउट गरेर साझेदारी तोडेका थिए । यशस्वीले १६ बलमा दुई चौका र एक छक्काको मद्दतले २० रन बनाए ।

उमरान मलिकले जोस बटलरलाई विकेटकिपर निकोलस पूरनबाट क्याच आउट गराए । बटलरले २८ बलमा तीन चौका र तीन छक्का प्रहार गर्दै ३५ रन बनाउन सके । यसपछि कप्तान सञ्जु सैमसनले देवदत्त पडिक्कलसँगै इनिङको जिम्मा लिएका थिए । दुवैले तेस्रो विकेटका लागि ४१ बलमा ७३ रनको साझेदारी गरे । पडिककल अर्धशतक बनाउन चुके । उनी २९ बलमा ४१ रन बनाएर आउट भए । उनले चार चौका र दुई छक्का प्रहार गरे ।

यता, सामसनले पनि अर्धशतक बनाएपछि धेरै समय ब्याटिङ गर्न सकेनन् । उनी आउट भएपछि शिमरोन हेटमायरले खेल सम्हाले । उनले १३ बलमा दुई चौका र तीन छक्का प्रहार गर्दै ३२ रनको आक्रामक पारी खेले । उनले रियान परागसँग १९ बलमा ४४ रनको साझेदारी गरे । तर, अन्तिम ओभरमा टी नटराजनले हेटमायर र रियान परागलाई पभिलियन पठाए ।

पराग ९ बलमा १२ रन बनाएर आउट भए । नाथन कुल्टर नाइल एक रनमा अविजित रहे । हैदराबादका लागि उमरान मलिक र टी नटराजनले समान २–२ विकेट लिए । यस्तै भुवनेश्वर कुमार र रोमारियो शेफर्डले समान १–१ विकेट लिए ।

२११ रनको लक्ष्य पछ्याएको सनराइजर्स हैदरावादको टोलीको सुरुवात राम्रो हुन सकेन । दोस्रो ओभरमा प्रसिद्ध कृष्णाले कप्तान केन विलियम्सनलाई देवदत्त पडिक्कलको हातमा क्याच आउट गराए । विलियम्सन दुई रन बनाएर आउट भए । त्यसपछि आफ्नो दोस्रो ओभरमा कृष्णाले राहुल त्रिपाठीलाई पनि पभिलियन पठाए । राहुलले खाता पनि खोल्न सकेनन् ।

हैदरावादको इनिङ्सको पाँचौं ओभरमा ट्रेन्ट बोल्टले निकोलस पूरन एल्बडब्ल्यूलाई आउट गरे । उनले ९ बलमा खाता पनि खोल्न सकेनन् । आईपीएलमा पूरनको खराब फार्म जारी रह्यो । गत सिजन पञ्जाबबाट खेलेका उनी धेरै पटक शून्य रनमा आउट भएका थिए ।

२०२१ आईपीएलमा, पूरनले १२ खेलको ११ इनिङ्समा ८५ रनमात्र बनाउन सके । यस वर्षको मेगा अक्सनमा सनराइजर्स हैदरावादले पूरनलाई १०.७५ करोडमा किनेको थियो तर यसपटक पनि उनी खासै राम्रो प्रदर्शन गर्न सकेनन् र शून्यमा आउट भए ।

अभिषेक शर्मा ९ रन, अब्दुल समद ४ रन, रोमारियो शेफर्ड २४ रन बनाएर आउट भए । युजभेन्द्र चहलले तीनै जनालाई पभिलियन पठाए । अन्तमा एडेन मार्कराम र वाशिङटन सुन्दरले १९ बलमा ५५ रनको साझेदारी गरे तर त्यतिन्जेल ढिलो भइसकेको थियो। सुन्दर १४ बलमा ४० रन बनाएर आउट भए ।

मार्करामले आफ्नो आईपीएल करियरको पहिलो अर्धशतक बनाए । उनले ४१ बलमा पाँच चौका र दुई छक्का प्रहार गर्दै अविजित ५७ रन बनाए । भुवनेश्वर कुमार पनि तीन रनमा अविजित रहे । राजस्थानका लागि चाहलले ३ विकेट लिए । यस्तै, ट्रेन्ट बोल्ट र प्रसिद्ध कृष्णाले दुई–दुई विकेट लिए ।

आजको खेलः रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध कोलकता नाइट रायडर्स – ७ः४५ बजे