१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपकाे आग्रह शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका…
तपाईं के खोज्दै हुनुहुन्छ ?

परियारको स्मृतिमा हुलाक टिकट प्रकाशनको पहल गरिने



अ+ अ-

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अधिकार रक्षक दयाराम परियारको स्मृतिमा हुलाक टिकट प्रकाशनका लागि पहल गर्ने भएको छ ।

परियारको १६औँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित श्रद्धाञ्जलि कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष डा सूर्यप्रसाद शर्मा ढुङ्गेलले हुलाक टिकट प्रकाशनका लागि आयोगले तत्काल पहल गर्ने बताउनुभयो । परियारको नाममा ‘मानव अधिकार रक्षक लेखनवृत्ति’का लागि चालु आर्थिक वर्षमै बजेटको व्यवस्था गरिने उहाँले जानकारी दिनुभयो ।

श्रद्धाञ्जलि कार्यक्रममा परियारका दाजु प्रकाशचन्द्र परियारले दयारामले मानव अधिकार संरक्षणका दौरान शहादत प्राप्त गरेको भए पनि अझै पनि न्याय प्राप्त गर्न नसकेको गुनासो गर्नुभयो । दयारामलाई सहिद घोषणा गर्न आवश्यक पहल गर्नसमेत उहाँले आयोग समक्ष माग गर्नुभयो । दयारामका बारेमा वृत्तचित्र निर्माण र पुरस्कार स्थापना गर्नुपर्ने परियारको भनाइ थियो ।

मानव अधिकार आयोगका तत्कालिन जनकपुर सम्पर्क कार्यालयमा कार्यरत अधिकारकर्मी परियारको १६ वर्ष अघि प्रहरीको गोली लागि निधन भएको थियो । न्याय प्राप्तिका लागि आवश्यक पहल गरिने आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । श्रद्धाञ्जलि कार्यक्रममा आयोगका सदस्यद्वय मिहिर ठाकुर र मनोज दुवाडी, आयोगका निमित्त सचिव, सहसचिव, कर्मचारीलगायतको उपस्थिति रहेको थियो । रासस