२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी कलाकारले नेपालमा चलचित्र छायाङ्कन गर्ने



अ+ अ-

काठमाडौं । नेपालको पर्यटन प्रवद्र्धनका साथै कला, संस्कृतिको प्रचार होस् भन्ने उद्देश्यले अमेरिकी राष्ट्रिय कलाकारको संस्था प्लेङ फर चेन्ज फाउण्डेसनमा आबद्ध कलाकारले नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा चलचित्र छायाङ्कन गर्ने भएका छन् ।

उक्त फाउण्डेसनका निर्देशक ज्याक थोमससहितको टोलीले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेटेर सो कुराको जानकारी गराएका हुन् । आगामी वैशाखदेखि नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा पुगेर चलचित्र छायाङ्कन गर्ने मन्त्री आलेलाई दिइएको हो । नेपालको सुरसुधा गु्रपसँग सहकार्य गरी उक्त फाउण्डेसनले चलचित्र निर्माण गर्ने भएको जानकारी पनि सो अवसरमा दिइएको थियो ।

यसैगरी उक्त फाउण्डेसनले नेपालमा सङ्गीत विद्यालय स्थापना गर्ने योजना बनाएको पनि सो फाउन्डेसनका व्यवस्थापक ईश्वर बज्राचार्यले बताउनुभयो । उहाँले सो फाउण्डेसनले नेपालका पर्यटकीय क्षेत्रको भ्रमण गरी तिनमा छायाङ्कन गरिएका चलचित्र निर्माण गर्नुका साथै सङ्गीत विद्यालय निर्माण गर्ने योजना बनाएको बताउनुभयो ।

यसअघि उक्त फाउण्डेसनले नेपालका काठमाडौँ, ललितपुर, उदयपुरको गाईघाट, कटारी, तिनतलेगाउँमा सङ्गीत विद्यालय स्थापना गरिसकेको छ । ती विद्यालयबाट निःशुल्करुपमा सङ्गीत सिकाउन थालिएको सुरसुधा गु्रपका तबला बाधक सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

मन्त्री आलेले अमेरिकी कलाकारले यहाँ चलचित्र निर्माण गर्ने र सङ्गीत विद्यालय खोल्ने योजना आफूहरुका लागि स्वागतयोग्य रहेको र यसले नेपालको पर्यटन प्रवद्र्धन तथा यहाँको कला, संस्कृतिको जगेर्नाका लागि सहयोग पुग्ने मन्त्री आलेले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो कला, संस्कृतिको जगेर्ना तथा यहाँका पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि निर्माण हुने कुरा हामी सबैका लागि स्वागतयोग्य छ, उक्त कार्यमा के सहयोग गर्न सकिन्छ, हामी सहयोग गर्न तयार छौँ ।”