२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपालमा पहिलोपटक दृष्टिविहीनहरूको सहभागितामा सेतो छडी वाकाथन प्रतियोगिता News Polar कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक News Polar रसुवा बाढीः ‘विकास क्षेत्रको पुनरुत्थान र प्रकृतिमा आधारित पर्यटन प्रवर्द्धनका लागि सरकारले ठोस योजना ल्याओस्’ News Polar प्रधान सेनापतिबाट फूलपाती बढाइँ समारोहको अन्तिम निरीक्षण-फोटो फिचर News Polar तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार News Polar सङ्गठित अपराधको कसुरमा चार जना पक्राउ News Polar विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन News Polar दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार News Polar उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते News Polar राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन News Polar उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने हुथी विद्रोहीको योजनाबारे प्रतिवेदन सार्वजनिक News Polar नीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्णः प्रकृति संरक्षण कोष News Polar जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ सार्वजनिकः मधेसको सीमान्तकृत पीडा र विभेदको दस्तावेज News Polar जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा ध्यान दिनुपर्छः प्रकृति संरक्षण कोष News Polar सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित) News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट

स्टिभ जब्सः बहुमूल्य कम्पनी एपलका संस्थापकको किन धेरै चर्चा हुन्छ ?

स्टिभ जब्सः बहुमूल्य कम्पनी एपलका संस्थापकको किन धेरै चर्चा हुन्छ ?
अ अ+ अ-

एजेन्सी । स्टिभ जब्स मौलिक ढङ्गले चिनिन्थे।

उनमा चमत्कारिक र विशेष खालको स्वभाव सहितको नेतृत्व गुण थियो।

५६ वर्षको उमेरमा क्यान्सरका कारण निधन भएको १० वर्षपछि निकै चर्चा गरिने एपलका सहसंस्थापकका केही विशेषताहरूको यहाँ प्रस्तुत गरिएको छ।

हामीलाई चाहिएको कुरा हामीभन्दा पहिले थाहा पाउने व्यक्ति

स्टिभ जब्स बजार अध्ययनको खासै सौखिन थिएनन्।

उनको चर्चित भनाइ छ, 'तपाईँले ग्राहकलाई के चाहन्छन् भनेर सोध्नूस र उनीहरूलाई त्यही दिने प्रयास गर्नूस्।'

'तपाईँले त्यो बनाएर सक्ने बित्तिकै उनीहरूले नयाँ कुरा खोज्छन्।'

त्यसैले उनी आफैमा भर पर्दै उपलब्ध प्रविधिलाई सुधार्थे, नयाँ उत्पादन बनाउँथे र मानिसहरूले प्रयोग गर्न चाहेको जस्तो त्यसलाई स्वरूप दिन्थे।

सन् २००१ मा आईपड आउनुअघि सङ्गीत प्लेअरहरूमा तुलनात्मक रूपमा कम चासो थियो।

उपलब्ध ती उत्पादन ठूला र प्रयोग गर्न जटिल हुने खालका थिए।

तर आईपड, आईफोन र आईप्याड निकै लोभलाग्दा उत्पादन बने र तत्कालै मानिसहरू तिनलाई रूचाउन थाले।

ती लोकप्रिय हुनुका कारण स्टिभ जब्सले पनि थिए जसले आफ्नो बजारीकरणको छवि देखाएर ती उत्पादनहरूको प्रयोग सबैले सजिलै बुझ्न सक्ने गरी व्याख्या गरे।

भिड रिझाउने कला
स्टिभ जब्सलाई भिडलाई कसरी रिझाउने भन्ने थाहा थियो।

उनले पुराना र कुनै कायापटल नगर्ने प्रविधिबारे पनि भिडमा व्यापक उत्सुकता सिर्जना गराउन सक्थे।

जब आईप्याड २ सार्वजनिक गरियो उनको प्रस्तुतिको जोड उक्त उपकरणको ुकभरुमा थियो। तर पनि त्यो सञ्चारमाध्यमको आँखामा निकै लोकप्रिय बन्यो।

उनको गरेका घोषणाको कुरा बुझ्न प्रबुद्ध पत्रकारहरूलाई समेत घण्टौँ लाग्थ्यो। त्यस्तो प्रवृत्ति ुरियालिटी डिस्टोर्सन फिल्डु नामले चर्चित छ।

 

पहिरन

स्टिभ जब्सले लगभग एकै खाले लुगा लगाएस् कालो लामबाउले सुइटर, निलो जिन्स र स्पोर्टस जुत्ता।

ती पहिरनले उनको सीमित रुचि वा व्यक्तिगत वा व्यावसायिक ब्रान्डिङको सहजपन पनि देखाउँथ्यो।

उनको पहिरन बारेको परिचित रुचिका बाबजुद उनले आफूलाई हुलियाबारे खासै मतलब नभएको बताउने गरेका थिए।

तर त्यो सधैँ सही होइन। सन् १९८० को दशकमा उनी नियमित चम्किलो इटालियन सुट र रङ्गिन बो टाईमा देखिन्थे।

 

विवरणमा ध्यान
एपलको गोपनीयता यति उच्च छ कि उसको आन्तरिक डिजाइन प्रक्रियाबारे निकै कम थाहा हुन्छ।

तर कहिलेकाहीँ कुराहरू चुहिहाल्थे र त्यसले उनको खास रुचिहरू देखाउँथ्यो।

गुगलका एक जना पूर्वकर्मचारीले आईफोनमा गुगलको नक्सा राख्ने विषयमा एपलसँग गरेको सहकार्यबारे बोलेका छन्।

जतिखेर उनलाई स्टिभ जब्सले व्यक्तिगत रूपमा फोन गरेका थिए र दोस्रो अक्षर 'ओ'मा पहेँलो रङ्गको सोचेजस्तो कडापन नभएकोमा असन्तुष्टि पोखेका थिए।

ब्रिटिश डिजाइनर जोनाथन इभ एपलका मुख्य उत्पादन आईम्याक, आईपड र आईफोनको समग्र आकृतिका लागि जिम्मेवार थिए।

तर त्यसको पेटेन्ट भने उनको र स्टिभ जब्स दुवैको नाममा दर्ता हुन्थ्यो।

 

जीवन दर्शन
स्टिभ जब्स निस्सन्देह रूपमा सन् १९६० र सन् १९७० को दशकको काउन्टर(कल्चर क्यालिफोर्नियाका उत्पादन हुन्।

त्यो दर्शनले आफ्नो कम्प्युटर इतिहासलाई मार्गनिर्देश गरेको उनी बताउँथे।

तन्नेरी उमेरमा उनी भारत यात्रा गरेर त्यहाँको एउटा आश्रममा बसे। पूर्वीय दर्शन उनको जीवनको पाटो रहिरह्यो र उनी अन्तिमसम्म बौद्धमार्गी रहे।

उनले सोही बेला एलएसडी नामको लागुऔषध प्रयोग गरेको स्वीकारेका छन्।

पैसा उनका लागि निकै कम महत्त्वको भएको देखिन्थ्यो।

उनले वाल स्ट्रीट जर्नल पत्रिकासँग भनेका थिए, 'चिहानमा सबैभन्दा धनी मानिस हुनुले अर्थ राख्दैन… 'राति ओछ्यानमा जाँदा मैले केही गजब गरेँ' भन्नेले महत्त्व राख्छ।'

 

सङ्गीतका सौखिन

स्टिभ जब्सको साङ्गीतिक स्वाद उनका उत्पादन सार्वजनिक गर्ने समारोहहरूमा झल्किन्थ्यो।

नयाँ म्याक वा आईफोन सार्वजनिक हुँदा स्क्रिनमा त्यसका झलकहरू देख्न पाइन्थ्यो। 

द बिटल्स र बब डेलन उनका दुई प्रिय कलाकार थिए। 

आफूले निकै रुचाउने साङ्गीतिक व्यक्तित्वसँग उनको व्यक्तिगत सम्बन्धहरू पाइन्थ्यो। 

उनी छोटो समयका लागि बब डेलनकी प्रेमिकाका प्रेमी थिए। 

एउटा अर्को कुरा…
कहिलेकाहीँ तपाईँले सबैभन्दा उत्तम कुरा अन्तिमलाई साँच्नुपर्छ।

स्टिभ जब्सले आफ्ना उत्पादन सार्वजनिक गर्ने बेला निरन्तर त्यही गरे।

नयाँ उपकरण सार्वजनिक गरिसकेपछि जब अतिथिहरू निस्कने तरखरमा हुन्थे, उनले आफ्नो चर्चित शब्दावली दोहोर्‍याउँदै भन्थे 'एउटा अर्को कुरा…।'

उनले त्यसो भन्दा त्यहाँ सधैँ कसैलाई दुःख दिन लागेजस्तो मुस्कान हुन्थ्यो। जुन उनको प्रतिभावान् प्रस्तोताको रूपमा एउटा अंश हुन्थ्यो।

एउटा अर्को कुराभित्र फेसटाइम, द पावरबुक जीफोर र आईप्याड टचसम्मका कुराहरू छन्।

सन् २०१५ मा जब्सका उत्तराधिकारी टीम कुकले त्यसैलाई दोहोर्‍याएर एपल वाच सार्वजनिक गरेका थिए।

'वन मोर थिङ' शब्दावली समयक्रममा एपल र स्विस घडी निर्माता स्वाचबीच एउटा कानुनी लडाइँमा पुग्यो।

स्वाचले त्यसलाई आफ्नो बजारीकरणको नारा बनाउन खोजेको थियो।

सन् २०२१ को मार्चमा लन्डनका एक जना न्यायाधीशले स्वाचलाई त्यसो गर्नका लागि एपलले रोक्न नसक्ने फैसला सुनाएको थियो। बीबीसीबाट साभार