१८ आश्विन २०८१, शुक्रबार
,
Latest
बस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड नवरात्रमा पनि सुनसान पाथीभरा उपभोक्ताको गुनासो: ‘महँगो दशैँ, हरेक सामानमा बार्गेनिङ गर्नुपर्छ’ बिपी राजमार्गसहित भित्री सडक बगेपछि जनजीवन कष्टकर परराष्ट्रमन्त्री राणा दोहामा द्विपक्षीय भेटवार्तामा व्यस्त, आज स्वदेश फर्कंदै सात करोड खर्चेर तनहुँको कुलुङखोलामा पक्की पुल बन्दै बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु राप्रपामा विभागीय प्रमुख हेरफेरप्रति लोहनीको आपत्ति पूर्वराजा ज्ञानेन्द्रले शुभेच्छुकलाई निर्मल निवासमा दशैंको टीका लगाइदिने पूर्वराजा ज्ञानेन्द्र यसकारण गएका थिए भुटान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरालाई हराउँदै चितवन ईपीएलको फाइनलमा पुग्यो



अ+ अ-

काठमाडौं । चितवन चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)क्वालिफायर खेलमा पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै फाइनलमा पुगेको छ । 

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बुधबार भएको क्वालिफायरमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले १५ ओभरमा सबै विकेट गुमाएर ६६ रनको योगफल तयार गरेको थियो ।

चितवनले ७.४ ओभरमा एक विकेटको क्षतिमा ६७ रनको लक्ष्य पूरा गर्दै फाइनलको यात्रा तय गरेको हो । 

चितवन पहिलो पटक ईपीएलको फाइनलमा पुगेको हो । चितवनलाई जित दिलाउन ओपनर मोहम्मद शहजाद र कासिम अनसारीले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए ।  शहजदले सर्वाधिक ४८ रन बनाए । उनले २६ बलमा ७ चौका र २ छक्का प्रहार गरे । 

यस्तै आसिम अनसारी १४ र करिम जनत ४ रनमा अविजित रहे । पोखराका नन्दन यादवले १ विकेट लिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले १५ ओभरमा सबै विकेट गुमाएर चितवनसामु ६७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । पोखराका लागि रिचार्ड लेभीले सर्वाधिक १९ रन बनाए । सुनिल धमलाले १८ रन जोड्दा सुशन भारीले १२ रन बनाए ।

पोखरालाई सस्तैमा समेट्न चितवनका सागर ढकाल र शाहब आलमले ४–४ विकेट लिए । यस्तै सोमपाल कामी र करिम जनतको नाममा १–१ विकेट रह्यो ।  आजको खेलमा पराजित भएको पोखराले आजै हुने इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा अवसर पाउनेछ ।

भैरहवा ग्लाडिएटर्स र काठमाडौं किङ्ग्स–११ ले बुधबार नै इलिमिनेटरमा प्रतिस्पर्धा गर्दैछन् । उक्त खेलको विजेताले पोखरासँग खेल्दै फाइनलमा चितवनसँग भेट गर्नेछ । प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ भने उपविजेताले १५ लाख पाउनेछ ।