३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

चीनको साङ्घाई सहरमा दुई वर्षपछिको सबैभन्दा ठूलो कोरोना लकडाउन

चीनको साङ्घाई सहरमा दुई वर्षपछिको सबैभन्दा ठूलो कोरोना लकडाउन
अ+ अ-

साङ्घाई । चीनको साङ्घाई सहरमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि लकडाउन गरिएको छ । साङ्घाईका करिब एक करोड मानिस अहिले दुई वर्षपछि निकै कडा लकडाउनबाट गुज्रिरहेका छन् ।

विश्वले अहिले यो महामारीसँग जिउन सिकेका बेला चीनमा कोरोना रोकथामका लागि यो कडा लकडाउन गरिएको हो । कोरोनाको ओमिक्रोन भेरियन्टलाई लिएर चीन जति चिन्तित छ, त्यति विश्वमा छैन ।

कोरोनाबाट बच्न चीनले साङ्घाई सहरमा लकडाउन लगाएको छ तर चीनको यो निर्णयले विश्वको तनाव बढाएको छ ।

चीनको कडा लकडाउन नीतिका कारण विश्वको अर्थतन्त्र र वित्तीय बजार समस्यामा परेको छ । त्यो पनि त्यतिबेला जतिबेला रुस र युक्रेनबीच युद्ध चलिरहेको छ र विश्वमा मुद्रास्फीतिले आकाश छोएको छ ।

चीनले साङ्घाईमा व्यापक परीक्षण सुरु गरेको छ। चीनको यो घोषणाले विश्वभर त्रास फैलाएको छ ।

तेलको मूल्यमा भारी गिरावट आएको छ । बन्दाबन्दीले माग घट्न सक्ने भन्दै व्यापारीहरु डराएका छन् । चीन एक प्रमुख तेल आयातकर्ता हो र उसले हरेक दिन एक करोड १० लाख ब्यारेल तेल खरिद गर्दछ।

संसारमा सामानको मूल्य अझै बढ्ने

यसबाहेक लकडाउनको घोषणासँगै सेयर बजार पनि ओरालो लागेको छ । चीनको साङ्घाई सहर विशाल जनसङ्ख्याका कारणले मात्र नभई आर्थिक र वित्तीय सम्बन्धका कारण पनि विश्वका लागि महत्त्वपूर्ण छ।

विश्वको कारखाना भनिने चीनको साङ्घाई सहरले देशको कुल आर्थिक उत्पादनको चार प्रतिशत ओगट्छ। चिनियाँ अर्थतन्त्रको ठूलो हब भएकाले यसको अप्रत्यक्ष असर ठूलो हुन सक्छ।

लकडाउनका कारण चीनले अब कोरोनाविरुद्धको युद्धमा के गर्छ भन्ने अनिश्चितता फैलिएको छ ।

यति मात्र होइन साङ्घाईमा लकडाउनका कारण चीनको आर्थिक वृद्धिदर पनि सङ्कटमा परेको छ । यो पाँच दशमलव पाँच प्रतिशतको दरले बढ्दै गएको छ, जुन विगत तीन दशकयताकै न्यून हो ।

चीनका विज्ञ हु भन्छन्, “लकडाउन लागू भएकाले चीनले आगामी केही हप्तामा कोरोना भाइरसमाथि विजय हासिल गर्ने सम्भावना छ । तर लकडाउन निकै महँगो भएकाले वर्षभरिको देशको विकासमा यसले ठूलो प्रभाव पारेको छ ।”

देशको घरजग्गा क्षेत्र निकै दयनीय अवस्थाबाट गुज्रिरहेको बेला यो लकडाउन गरिएको हो । चीनको यो सङ्कटका कारण विश्व नै तनावमा छ ताकि लकडाउनका कारण सामानको आवागमन प्रभावित नहोस् । यदि यसो भयो भने विश्वमा सामानको मूल्य अझ बढ्नेछ। एजेन्सीको सहयोगमा