• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै ★   आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’ ★   मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित ★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि ★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक

‘राजनीति सेवा हो, पेसा होइन’



गण्डकी । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले सरकारबाट प्राप्त हुने आफ्नो पारिश्रमिकलगायतका सबै सुविधा सामाजिक कार्यमा खर्च गर्नुभएको छ ।

विसं २०७७ माघ देखि विसं २०७८ फागुन मसान्तसम्म उहाँले बैठकभत्ता, मासिक पारिश्रमिक र अन्य सुविधाबापत सरकारबाट प्राप्त भएको रु १३ लाख ६६ हजार ३६० मा थप गरी कूल रु १४ लाख ८६ हजार ९०७ सामाजिक कार्य र विकास निर्माणमा खर्च गरेको जानकारी दिनुभयो ।

नेपाल प्रेस युनियन कास्की शाखाले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले राजनीतिलाई आर्थिक उपार्जन गर्ने भन्दा पनि निस्वार्थ रुपमा जनताको सेवामा लगानुपर्दछ भनेर सरकारी सुविधा जनताको हितमा लगाएको बताउनुभयो । उहाँले निर्वाचित हुनुअघिनै राज्यबाट पाउने सेवा सुविधा समाजको हितमा लगाउने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“ राजनीति मेरा लागि सेवा हो, पेसाका रुपमा लिएको छैन । व्यापार, व्यवसाय र अन्य आर्थिक स्रोतले मेरो जीविकोपार्जनलाई समस्या छैन । राजनीतिमा लागेर आर्थिक उपार्जन गर्ने भन्दा पनि जनताको सेवा गर्नु मेरो ध्येय हो, निर्वाचित भएदेखिनै त्यसमा प्रतिबद्ध छु ।”

मन्त्री थापाले विसं २०७४ मा प्रदेशसभा सदस्यमा निर्वाचित भएदेखिनै सुविधाको रकम बिरामीको उपचार सहयोग, स्वास्थ्य सामग्री र दलित बस्तीमा खानेपानी लगायतका कार्यमा लगाउनुभएको छ । वर्सेनि उहाँले आफूले पाएको रकम सार्वजनिक गर्दै समेत आउनुभएको छ ।

उहाँले प्रदेशको समृद्धि र विकासका लागि सरकारको जिम्मेवार सदस्यका रुपमा प्रतिबद्ध रहेको समेत उल्लेख गर्नुभयो । मन्त्री थापाले यसवर्ष पोखरा महानगरपालिका–८, ११, १६ र वडा नं ९९शान्तिघाट०मा सडकबत्ती, फोकस लाइटर खरिदका लागि रु एक लाख ४२ हजार ७५० खर्च गर्नुभएको छ ।

यसैगरी वडा नं ११, १६, २०, २१, २४ र ३३ मा तारजाली र पाइप खरिदमा रु दुई लाख ५६ हजार, पोखरा वडा नं ८ र ९ विभिन्न टोल र स्थानमा सडक बत्तीका लागि र एक लाख २४ हजार, पोखरा–१६ तुम्के गल्र्याङमा खानेपानी पाइप सहयोगमा रु ६५ हजार, पोखरा–३३ को उपल्लोपूँडी, तल्लोपुँडी, आँपुकसेरी, चिसापानी लगायतका स्थानमा खेलकूद सामग्रीका लागि रु ६७ हजार ५०० लगायतका अन्य संस्था तथा व्यक्तिलाई आर्थिक सहयोग गरिएको मन्त्री थापाले जानकारी दिनुभयो ।

उहाँ विसं २०७४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेस पार्टीका तर्फबाट कास्की प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट विजयी हुनुभएको हो ।