२४ भाद्र २०८३, बुधबार
,
Latest
युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु भदौ २४ को हिंसा लोकतन्त्र र संविधानमाथिको ‘ठूलो आक्रमण’ : ओली म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमर प्रहरीका परिवारलाई दोसल्ला ओढाई सम्मान



अ+ अ-

कलैया । ६६औँ प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय बाराद्वारा आज यहाँ आयोजित कार्यक्रममा अमर प्रहरीका परिवारलाई दोसल्ला ओढाई सम्मान गरियो । 

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले अमर प्रहरीका परिवारलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो । यसैगरी उहाँले शान्तिसुरक्षा र सामाजिक विकृति तथा विसङ्गतिविरुद्ध महत्वपूर्ण योगदान पुर्‍याएवापत विभिन्न दर्जाका २१ प्रहरीलाई कदरपत्रद्वारा सम्मान गर्नुभयो । 

कार्यक्रममा बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले प्रहरी सङ्गठनमा उत्कृष्ट काम गर्ने प्रहरी अधिकृत र जवानलाई पुरुस्कृत गर्नुभएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो । 

सो अवसरमा प्रजिअ कटुवालले शान्ति सुरक्षा र अपराध नियन्त्रण एवं अनुसन्धानमा नेपाल प्रहरीले खेलेको भूमिकाको महत्वपूर्ण रहेको उल्लेख गर्दै जनतालाई सामाजिक न्याय दिलाउने प्रारम्भिक थलोको रुपमा प्रहरी सङ्गठन अब्बल छ भन्नुुभयो । आफ्नो काममा इमान्दारिता र व्यावसायिक क्षमता प्रदर्शन गर्न प्रहरी सङ्गठनलाई आग्रह गर्दै उहाँले भन्नुभयो, “प्रहरी सङ्गठन स्वच्छ र पारदर्शी हुनुपर्छ ।” (रासस)