१८ आश्विन २०८१, शुक्रबार
,
Latest
दशैँमा काठमाडौंमा खसी–च्याङ्ग्राको मासुको कमी हुन दिँदैनौँ: व्यवसायी राष्ट्रपति पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष दाहालको भेट छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने अफगानिस्तानका स्टार स्पिनर राशिद खानले गरे विवाह हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुटको सुविधा परिवारलाई सहयोग गर्न इँटा भट्टामा काम गर्छन् अफगान बालबालिकाहरू धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता स्थगित मुस्ताङमा बाह्य पर्यटकको चहलपहल बढ्न थाल्यो परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कंनुहुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमर प्रहरीका परिवारलाई दोसल्ला ओढाई सम्मान



अ+ अ-

कलैया । ६६औँ प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय बाराद्वारा आज यहाँ आयोजित कार्यक्रममा अमर प्रहरीका परिवारलाई दोसल्ला ओढाई सम्मान गरियो । 

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले अमर प्रहरीका परिवारलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो । यसैगरी उहाँले शान्तिसुरक्षा र सामाजिक विकृति तथा विसङ्गतिविरुद्ध महत्वपूर्ण योगदान पुर्‍याएवापत विभिन्न दर्जाका २१ प्रहरीलाई कदरपत्रद्वारा सम्मान गर्नुभयो । 

कार्यक्रममा बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले प्रहरी सङ्गठनमा उत्कृष्ट काम गर्ने प्रहरी अधिकृत र जवानलाई पुरुस्कृत गर्नुभएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो । 

सो अवसरमा प्रजिअ कटुवालले शान्ति सुरक्षा र अपराध नियन्त्रण एवं अनुसन्धानमा नेपाल प्रहरीले खेलेको भूमिकाको महत्वपूर्ण रहेको उल्लेख गर्दै जनतालाई सामाजिक न्याय दिलाउने प्रारम्भिक थलोको रुपमा प्रहरी सङ्गठन अब्बल छ भन्नुुभयो । आफ्नो काममा इमान्दारिता र व्यावसायिक क्षमता प्रदर्शन गर्न प्रहरी सङ्गठनलाई आग्रह गर्दै उहाँले भन्नुभयो, “प्रहरी सङ्गठन स्वच्छ र पारदर्शी हुनुपर्छ ।” (रासस)