७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी

कांग्रेसले गठबन्धनको संस्कार मानेन, समान हैसियतमा मन्त्रालयको बाँडफाँड हुनुपर्छः जीवनराम श्रेष्ठ

कांग्रेसले गठबन्धनको संस्कार मानेन, समान हैसियतमा मन्त्रालयको बाँडफाँड हुनुपर्छः जीवनराम श्रेष्ठ
अ+ अ-

काठमाडौं । सत्ता साझेदार दल नेकपा एकिकृत समाजवादीले मन्त्रालयको बाडफाँड न्यायोचित नभएको जनाएको छ । नेकपा एकिकृत समाजबादीका नेता जीवनराम श्रेष्ठले न्युजपोलार संग भन्नुभयो 'मन्त्रालयको बाडफाँड सहमतिको सस्कार अनुसार भएन बराबरी हैसियतमा हुनु पर्ने थियो तर सहमति बिपरित मन्त्रालयको संख्या पनि घटाईयो र जनता संग प्रत्यक्ष सम्पर्क हुने पनि भएनन् यो गलत भयो ।' मन्त्रालयको संख्याका लागि कुराकानी भै रहेको भन्दै श्रेष्ठले भन्नुभयो  'आजै र भोली नै सपथ हुने सम्भावना न्युन छ ।'

यसै बीच नेकपा एकिकृत समाजबादी भित्र कानून व्यवासायी गोबिन्द बन्दीलाई मन्त्री बनाउने बिषयले लफडा सुरु भएको छ । हिजो गैर सांसदलाई मन्त्री बनाउदा बिरोध गरेको स्मरण गराउदै नेताहरुले अध्यक्ष माधब नेपाललाई भने 'हिजो हामी नै बिरोध गर्ने आज किन गैर सांसदलाई मन्त्री बनाउने । हाम्रो पार्टीमा मन्त्री बन्न योग्य मान्छे नै छैनन र ।' 

बन्दीलाई शान्ति प्रक्रिया अन्तरगतका कामहरु गर्नका लागी भन्दै मन्त्री बनाउने तयारी भएपछि पार्टी भित्र बिरोध भएको हो । अध्यक्ष नेपालको नातेदार समेत रहनु भएका बन्दीलाई प्रतिनिधिशभाको पुनस्थापना सम्बन्धी मुद्दामा गरेको कामको उपहार स्वरुप मन्त्री दिन लागेको सा पार्टीका एक नेताले बताए ।

उनले भने पहिला शम्भु थापालाई बनाउने कुरा थियो , तर थापाले नमाने पछि बन्दीलाई बनाउने कुरा आयो तर धेरै साथीहरुको असहमति छ । त्यसमा पनि बन्दीको नाममा समाजबादी भित्र भन्दा पनि माओबादी केन्द्रका साथीहरुको चासो बढि देखिएकाले पनि हामी अलमलमा परेका छौ ती नेताले भने ।

यो पनि पढ्नुहोस-  सांसद नभए पनि मन्त्री बन्दै यी दुई भाग्यमानी !

मन्त्रीपरिषद् विस्तारमा नेकपा एकिकृत समाजबादीको भागमा पाँच ओटा मन्त्रालय परेको छ जसमा रक्षा मन्त्रालय, शहरी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय रहेको छ ।