११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपीएलः गुजरातको विजयी सुरुवात



अ+ अ-

एजेन्सी । १५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले विजयी सुरुवात गरेको छ । उसले आफ्नो पहिलो खेलमा अर्को डेब्यु टोली लखनऊ सुपर जाइन्ट्सलाई पाँच विकेटले पराजित गरेका थिए।

टस हारेर पहिले ब्याटिङ गरेको लखनउ सुपर जायन्ट्सले २० ओभरमा ६ विकेट गुमाएर १५८ रन बनाएको थियो । जवाफमा गुजरात टाइटन्सले १९.४ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पछ्यायो ।

गुजरातले १२ औं ओभरमा ७८ रनमा चार विकेट गुमाएको थियो । गुजरातको टोलीले लक्ष्य पूरा गर्न नसक्ने देखिएको थियो । त्यसपछि राहुल तेवाटिया र डेभिड मिलरले खेललाई माथि उठाए । १६औं र १७औं ओभरमा दुवै ब्याट्सम्यानले जम्मा ३९ रन बनाए र यहाँबाट खेल गुजरातको पोल्टामा गयो ।

मिलर २१ बलमा ३० रन बनाएर आउट भए तर तेवाटियाले युवा अभिनव मनोहरसँग मिलेर खेलको अन्त्य गरे । गुजरातलाई अन्तिम ओभरमा ११ रन चाहिएको थियो । बल आवेश खानको हातमा थियो । अभिनव मनोहरले पहिलो दुई बलमा दुई चौका प्रहार गरे । यसपछि एक रन आयो र चौथो बलमा तेवाटियाले चौका प्रहार गर्दै गुजरातलाई जित दिलाए ।

तेवातियाले २४ बलमा पाँच चौका र दुई छक्का प्रहार गर्दै अविजित ४० रन बनाए । त्यस्तै युवा अभिनव मनोहरले सात बलमा १५ रनको अविजित इनिङ्स खेले । यसमा तीन चौका समावेश थिए । यसअघि लखनउले दीपक हुड्डाको ४१ बलमा ५५ र २२ वर्षीय आयुष बडोनीले ४१ बलमा ५४ रन बनाएर १५८ रन बनाएको थियो । गुजरातका लागि मोहम्मद शामीले ३ विकेट लिए ।

लखनउले २९ रनको स्कोरमा पहिलो चार विकेट गुमाएको थियो । त्यसपछि दीपक दुडा र आयुष बडोनीले ५औं विकेटका लागि ६८ बलमा ८७ रनको साझेदारी गर्दै टोलीलाई खेलमा फर्काएका थिए । दीपक ४१ बलमा ५५ रन बनाएर आउट भए । आईपीएलमा उनको यो चौथो अर्धशतक हो । आयुषले पनि ४१ बलमा ५४ रनको इनिङ खेले । आयुषले आईपीएलमा डेब्यू गर्दै अर्धशतक बनाएका थिए । आफ्नो इनिङ्समा २२ वर्षीय युवाले ७ बल बाउन्ड्रीबाहिर पठाए ।

गुजरातका कप्तान हार्दिक पाण्ड्याले २८ बलमा ३३ रन बनाए भने क्रुणाल पाण्ड्याले उनलाई आउट गराए । हार्दिकको क्याच मनिष पाण्डेले लङअफमा समाते । हार्दिक आफ्नै भाइको बलमा आउट भएर मैदान बाहिर फर्केका थिए ।

केएल राहुल दोस्रो पटक आईपीएलमा खाता नखोल्दै आउट भए । यसअघि २०१६ मा राहुल गुजरात लायन्सविरुद्ध धवल कुलकर्णीले शून्य रनमा आउट भएका थिए र यस खेलमा उनी मोहम्मद शमीको बलमा ० रन बनाएर पभिलियन फर्किएका थिए। विशेष कुरा के छ भने, उनी दुवै पटक गुजरातविरुद्ध गोल्डेन डक र शून्यमा आउट भएका थिए । राहुल पहिलो बलमा शून्य रनमा आउट हुने दोस्रो आईपीएल कप्तान बने । राहुल भन्दा पहिले, ब्रेन्डन म्याकुलम २००९ मा आरसीबी विरुद्ध गोल्डेन डकमा आउट भएका थिए ।

आजको खेलः सनराइजर्स हैदरावादविरुद्ध राजस्थान रोयल्स – ७ः४५ बजे