१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी

आइपीएलः गुजरातको विजयी सुरुवात

आइपीएलः गुजरातको विजयी सुरुवात
अ अ+ अ-

एजेन्सी । १५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले विजयी सुरुवात गरेको छ । उसले आफ्नो पहिलो खेलमा अर्को डेब्यु टोली लखनऊ सुपर जाइन्ट्सलाई पाँच विकेटले पराजित गरेका थिए।

टस हारेर पहिले ब्याटिङ गरेको लखनउ सुपर जायन्ट्सले २० ओभरमा ६ विकेट गुमाएर १५८ रन बनाएको थियो । जवाफमा गुजरात टाइटन्सले १९.४ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पछ्यायो ।

गुजरातले १२ औं ओभरमा ७८ रनमा चार विकेट गुमाएको थियो । गुजरातको टोलीले लक्ष्य पूरा गर्न नसक्ने देखिएको थियो । त्यसपछि राहुल तेवाटिया र डेभिड मिलरले खेललाई माथि उठाए । १६औं र १७औं ओभरमा दुवै ब्याट्सम्यानले जम्मा ३९ रन बनाए र यहाँबाट खेल गुजरातको पोल्टामा गयो ।

मिलर २१ बलमा ३० रन बनाएर आउट भए तर तेवाटियाले युवा अभिनव मनोहरसँग मिलेर खेलको अन्त्य गरे । गुजरातलाई अन्तिम ओभरमा ११ रन चाहिएको थियो । बल आवेश खानको हातमा थियो । अभिनव मनोहरले पहिलो दुई बलमा दुई चौका प्रहार गरे । यसपछि एक रन आयो र चौथो बलमा तेवाटियाले चौका प्रहार गर्दै गुजरातलाई जित दिलाए ।

तेवातियाले २४ बलमा पाँच चौका र दुई छक्का प्रहार गर्दै अविजित ४० रन बनाए । त्यस्तै युवा अभिनव मनोहरले सात बलमा १५ रनको अविजित इनिङ्स खेले । यसमा तीन चौका समावेश थिए । यसअघि लखनउले दीपक हुड्डाको ४१ बलमा ५५ र २२ वर्षीय आयुष बडोनीले ४१ बलमा ५४ रन बनाएर १५८ रन बनाएको थियो । गुजरातका लागि मोहम्मद शामीले ३ विकेट लिए ।

लखनउले २९ रनको स्कोरमा पहिलो चार विकेट गुमाएको थियो । त्यसपछि दीपक दुडा र आयुष बडोनीले ५औं विकेटका लागि ६८ बलमा ८७ रनको साझेदारी गर्दै टोलीलाई खेलमा फर्काएका थिए । दीपक ४१ बलमा ५५ रन बनाएर आउट भए । आईपीएलमा उनको यो चौथो अर्धशतक हो । आयुषले पनि ४१ बलमा ५४ रनको इनिङ खेले । आयुषले आईपीएलमा डेब्यू गर्दै अर्धशतक बनाएका थिए । आफ्नो इनिङ्समा २२ वर्षीय युवाले ७ बल बाउन्ड्रीबाहिर पठाए ।

गुजरातका कप्तान हार्दिक पाण्ड्याले २८ बलमा ३३ रन बनाए भने क्रुणाल पाण्ड्याले उनलाई आउट गराए । हार्दिकको क्याच मनिष पाण्डेले लङअफमा समाते । हार्दिक आफ्नै भाइको बलमा आउट भएर मैदान बाहिर फर्केका थिए ।

केएल राहुल दोस्रो पटक आईपीएलमा खाता नखोल्दै आउट भए । यसअघि २०१६ मा राहुल गुजरात लायन्सविरुद्ध धवल कुलकर्णीले शून्य रनमा आउट भएका थिए र यस खेलमा उनी मोहम्मद शमीको बलमा ० रन बनाएर पभिलियन फर्किएका थिए। विशेष कुरा के छ भने, उनी दुवै पटक गुजरातविरुद्ध गोल्डेन डक र शून्यमा आउट भएका थिए । राहुल पहिलो बलमा शून्य रनमा आउट हुने दोस्रो आईपीएल कप्तान बने । राहुल भन्दा पहिले, ब्रेन्डन म्याकुलम २००९ मा आरसीबी विरुद्ध गोल्डेन डकमा आउट भएका थिए ।

आजको खेलः सनराइजर्स हैदरावादविरुद्ध राजस्थान रोयल्स – ७ः४५ बजे