१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेगा बैंकबाट देशव्यापी वित्तीय साक्षरता अभियान



अ+ अ-

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ‘ग्लोबल मनी वीक २०२२’ लाई सफल बनाउने उद्देश्यले मेगा बैंकले चैत ७ गतेदेखि १३ गतेसम्म सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरुमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

जस अन्तर्गत प्रदेश नम्बर १, मधेश प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका तीन–तीन वटा शाखा तथा बागमती प्रदेशका चार वटा शाखा र गण्डकी प्रदेशका ६ वटा शाखा गरी बैंकका जम्मा २५ वटा शाखा कार्यालयहरुले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेका हुन् ।

‘ग्लोबल मनी वीक’ वित्तीय शिक्षाको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यले वार्षिक रूपमा मनाइने एक साप्ताहिक अन्तर्राष्ट्रिय अभियान हो । किशोरकिशोरी तथा युवावर्गको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु यो सप्ताहव्यापी वित्तीय चेतनामूलक अभियानको मुख्य उद्देश्य रहेको छ ।

मेगा बैंकले नेपाल राष्ट्र बैंकले जारी गरेको वित्तीय साक्षरता मार्गदर्शन, २०७८ बमोजिम तोकिएका वर्गलाई लक्षित गरी एक सातासम्म यो देशव्यापी कार्यक्रम सञ्चालन गरेको थियो । डिजिटल बैंकिङ, वित्तीय स्रोत, वित्तीय कारोबार, व्यक्तिगत आय आर्जनको पहिचानका साथै आय आर्जनको उपयोगिता बढाउने लगायत अन्य वित्तीय जानकारीका सम्बन्धमा सचेत रही सुरक्षित आर्थिक भविष्यप्रति लक्षितवर्गलाई अभिप्रेरित गर्ने यो कार्यक्रमको उद्देश्य रहेको थियो ।

ग्लोबल मनी वीक २०२२ कै सन्दर्भमा आईतबार काठमाडौंमा आयोजना गरिएको -यालीमा समेत बैंकले सहभागिता जनाएको थियो ।