१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री चयनका लागि कांग्रेस नेताहरु आन्तरिक छलफलमा



अ+ अ-

काठमाडौं । सत्तारुढ गठबन्धनमा मन्त्रालयको भागबन्डा टुंगिएसँगै मन्त्री बन्ने नेताहरुको नाम टुंग्याउन नेपाली कांग्रेसको शीर्ष नेता र पदाधिकारीसहितको बैठक बसेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मन्त्री टुंगो लगाउने बताइएको छ । सत्तारुढ गठबन्धनको भागबन्डा अनुसार कांग्रेसको भागमा ८ मन्त्री र एक राज्यमन्त्री परेको छ ।