१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीको नयाँ बजेट ४० अर्ब ९५ करोड ९७ लाख



अ+ अ-

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत ४० अर्ब ९५ करोड ९७ लाख रूपैयाँको नयाँ बजेट प्रस्तुत गरेको छ । 

प्रमुख विपक्षी दल नेकपा एमालेको बहिस्कारका बीच आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बुधबार प्रदेशसभा बैठकमा नयाँ बजेट प्रस्तुत गरका हुन् ।

कूल बजेटमध्ये चालु खर्चतर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार र पुँजीगततर्फ २२ अर्ब ४७ करोड १५ लाख रहेको छ । 

यस्तै स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८४ करोड २३ लाख रुपैयाँ अर्थात ११.८२ प्रतिशत विनियोजन गरिएको छ ।