• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

लखनउ–गुजरात भिड्दै, लिगमा पहिलो पटक पाण्ड्या ब्रदर्स आमनेसामने



एजेन्सी । आईपीएलमा आज दुई नयाँ टोलीले प्रतिस्पर्धा गर्दैछन् । गुजरात टाइटन्स र लखनउ सुपर जायन्ट्सलाई गत वर्ष नोभेम्बरमा नै फ्रेन्चाइजीहरूले किनेका थिए। आज दुवै टोली आफ्नो पहिलो खेलमा आमनेसामने हुनेछन् । यो खेल मुम्बईको वानखेडे स्टेडियममा साँझ ७ः४५ बजेबाट सुरु हुनेछ ।

दुवै टोली नयाँ भएपनि अनुभवी र स्टार खेलाडीहरूको दुबैमा कमि छैन । गुजरातका कप्तान हार्दिक पाण्ड्या र लखनऊका कप्तान केएल राहुल हुन् । लखनउले यस वर्षको मेगा लिलामीमा केही उत्कृष्ट अलराउन्डरहरू किनेको थियो । तथ्यमा टोली धेरै बलियो छ । गुजरातसँग विश्वका उत्कृष्ट फास्ट बलरहरू पनि रहेकाले प्रतियोगिता रोचक हुनेछ ।

वानखेडे स्टेडियमको पिच ब्याटिङका ​​लागि राम्रो मानिन्छ । यहाँको आईपीएलको औसत स्कोर १८० रन रहेको छ । शीतले लक्ष्य पछ्याउन सजिलो बनाउँछ । छोटो बाउन्ड्री र छिटो आउटफिल्डले ब्याट्सम्यानका लागि रन बटुल्न उपयोगी हुन्छ ।

पछिल्लो १० वर्षमा पहिलो पटक १० टोलीको सहभागितामा प्रतियोगिता हुन लागेको हो । यसअघि सन् २०११ मा दुई नयाँ टोली पुणे वारियर्स इन्डिया र कोची टस्कर्स केरलाले आईपीएल खेलेका थिए ।

यस खेलमा हार्दिक (गुजरात) र क्रुणाल (लखनउ) आमनेसामने हुनेछन् । दुवै भाइ गत सिजनसम्म मुम्बई इन्डियन्सको एउटै टिममा थिए । घरेलु क्रिकेटमा पनि उनीहरु एउटै टिमबाट खेल्छन् । लिगमा यी दुई पहिलो पटक एकअर्कासँग भिड्दैछन् । यससँगै दीपक हुड्डा र क्रुणाल एउटै टोली (लखनउ)बाट खेल्नेछन् । गत वर्ष घरेलु क्रिकेट प्रतियोगितामा यी दुईबीच निकै विवाद भएको थियो ।

लखनऊ सुपरजायन्ट्सका लागि धेरै कुरा कप्तान केएल राहुलमा निर्भर हुनेछ । उनी दक्षिण अफ्रिकाका क्विन्टन डी ककसँग इनिङको सुरुवात गर्नेछन् । यसबाहेक लखनऊमा दीपक हुड्डा, क्रुणाल पाण्डेय अलराउन्डर छन् । मनिष पाण्डेसँगै उनले मिडल अर्डरको जिम्मेवारी सम्हाल्नेछन् । मार्कस स्टोइनिस, जेसन होल्डर र काइल मेयर्स अहिले अन्तर्राष्ट्रिय खेलमा व्यस्त रहेकाले टोलीलाई उनीहरूको अनुपस्थिती खड्किनेछ । लखनउको बलिङमा अनुभवको कमी छ । आवेश खान लखनउको प्रमुख फास्ट बलर हुनेछन् । स्पिनको जिम्मेवारी युवा खेलाडी रवि बिश्नोई, हुड्डा र क्रुणालले सम्हाल्नेछन् ।

यसैगरी, गुजरातको कुरा गर्दा शुभमन गिल र अस्ट्रेलियाका म्याथ्यु वेडले इनिङ्स ओपन गर्न सक्छन् । दुवैजना फर्ममा रहेकाले कुनै पनि बलिङ आक्रमणलाई उनीहरुले फेस गर्न सक्नेछन् । गुजरातको प्रदर्शनमा हार्दिक कप्तान हुनेछन् । वानखेडेमा मुम्बई इन्डियन्ससँग खेलेको उनीसँग धेरै अनुभव छ । यसका साथै राहुल तेवतियाले पनि आफूलाई प्रमाणित गर्ने प्रयास गर्नेछन् ।

गुजरातको बलिङ निकै बलियो देखिन्छ । फास्ट बलिङको कमाण्ड मोहम्मद शामी र लोकी फर्गुसनले गर्नेछन् । दुवैले १४० प्लस स्पीडमा बलिङ गर्छन्, साथै दुबै डेथ ओभर विशेषज्ञ समेत हुन् । तेस्रो क्रममाअल्जारी जोसेफ, वरुण आरोन र आर साई किशोरबीच भिडन्त हुनेछ । टिमको फास्ट बलिङ जति बलियो छ, स्पिन पनि उत्तिकै बलियो रहेको छ ।

राशिद खान बाहेक, टोलीमा जयन्त यादव, गुरकीरत सिंह मान र राहुल तेवतिया छन्, जसले तल्लो अर्डरमा पनि विस्फोटक ब्याटिङ गर्न सक्छन् । यदि हार्दिक पाण्ड्याले आफैं बलिङ गरे भने त्यो टोलीका लागि बोनस हुनेछ । लखनउका ब्याट्सम्यानले राशिदविरुद्ध सावधानीपूर्वक खेल्नुपर्ने हुन्छ ।

लखनउ सम्भावित ११ः
केएल राहुल (कप्तान), क्विन्टन डी कक (विकेटकीपर), इभिन लुइस, मनिष पाण्डे, दीपक हुडा, क्रुणाल पाण्डे, कृष्णप्पा गौतम, रवि बिश्नोई, दुष्मन्थ चमिरा, अंकित राजपूत र आवेश खान।

गुजरात सम्भावित ११ः शुभमन गिल, म्याथ्यू वेड, ऋद्धिमान साहा (विकेटकीपर), गुरकीरत सिंह मान, हार्दिक पाण्ड्या (कप्तान), विजय शंकर, राहुल तेवतिया, राशिद खान, मोहम्मद शामी, डोमिनिक ड्रेक्स, लोकी फर्ग्युसन।