• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   इरानी राष्ट्रपति इब्राहिम चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला पर्‍यो, कोही पनि जिवित नरहेको आशंका ★   अमेरिकाको न्यूयोर्कमा झल्कियो नेपाल ★   रणनीति बनाउँदै कांग्रेस संसदीय दलको बैठक ★   पूर्वराजा ज्ञानेन्द्र शाहले आज ललितपुरका विभिन्न मन्दिरको दर्शन गर्ने ★   प्रमुख जिल्ला अधिकारीको सरुवालाई व्यवस्थित बनाउँदै गृह सचिव ★   दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी, तीन घण्टापछि नियन्त्रणमा-फोटो फिचर ★   हेलिकोप्टर दुर्घटनामा बेपत्ता इरानी राष्ट्रपति अझै भेटिएनन्, रुसले पठायो उद्धार टोली ★   प्रधानमन्त्रीको विश्वासको मत अनिश्चित ★   कोलकाता र राजस्थानबीचको खेल वर्षाका कारण रद्द, राजस्थान र आरसीबी एलिमिनेटरमा भिड्ने ★   म्यान्चेस्टर सिटीलाई लगातार चौंथो पटक प्रिमियर लिगको उपाधि

सनराइज बैंकको १४औं वार्षिकोत्सवमा विभिन्न संघ संस्थालाई सहयोग



काठमाडौं । सनराइज बैंकले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल मन्दिरलाई सहयोग गरेको छ । बुधबार नेपाल बाल संगठन, बाल मन्दिर नक्सालस्थित भएको एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले नेपाल बाल संगठन, बाल मन्दिरका अध्यक्ष विद्या उपाध्याय न्यौपानेलाई चेक हस्तान्तरण गर्नुभएको हो । 

बैंकले सधै झै आफ्नो वार्षिकोत्सवमा नेपाल बाल संगठनलाई आवश्यक खाद्यसामाग्री, लत्ताकपडा आदि वितरण गर्दै आएकोमा यस वर्ष आउँदै गरेको दशैंमा बालबालिकाको लागि नयाँ कपडा किन्नको लागि नगद एक लाख पचास हजार रुपैंया आर्थिक सहयोग गरेको छ । बाल हेरचाह, अनाथ, पिछडिएको, द्वन्द्व प्रभावित आदि बच्चाहरूको लागि शिक्षामा केन्द्रित सो संस्थालाई आउँदा वर्षमा पनि सहयोग गर्दै जाने प्रमुख कार्यकारी अधिकृत शर्माले बताउनु भएको छ ।
 
साथै बैंकको गण्डकी प्रदेश कार्यालयको अगुवाइमा गण्डकी प्रदेश सरकारका शिक्षा, संस्कृति, विज्ञान र सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठको सहभागितामा अमोर सेवा नेपाललाई नगद र खाद्यसामाग्री वितरण गरेको छ । यसै गरी बैंकको लुुम्बिनी प्रदेशबाट वीरेन्द्र मा.वि, रुपन्देहीको दृष्टि बिहिन संकायको भवन निर्माणको लागि पनि आर्थिक सहयोग गरेको छ ।

यसै गरी आश्विन १६ गतेका दिन बैंकको वीरगंज शाखाको सहभागितामा भिश्व डाँडामा र आश्विन १७ गतेका दिन बैंकको लम्की शाखा, भजनी शाखा र टीकापुर शाखाको सहभागितामा टीकापुरको शिव मन्दिर सरसफाई गरेको छ । उक्त कार्यक्रमहरुमा नियमित सरसफाई कायम राख्न डस्टबिन लगायतका सरसफाईका सामाग्रीहरु पनि हस्तान्तरण गरिएको छ । बैंकले आफ्नो १४औ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग कार्य गर्दै आएको छ ।