२० मंसिर २०८२, शनिबार
,
Latest
अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारीको परीक्षणमा कोभिड–१९ पोजिटिभ देखिएपछि म्यानमारकी सुकी ‘क्वारेन्टाइनमा’



अ+ अ-

याङ्गुन । म्यानमारका पूर्वनेत्री आङ सान सुकीले आफ्ना कर्मचारीमा कोभिड–१९ फेला परेसँगै उनलाई क्वारेन्टाइनमा राखेपछि सैन्य अदालतमा तीन दिनको सुनुवाइ छोडेकी छिन् ।

७६ वर्षीय सुकीको नागरिक सरकारलाई गत वर्ष एउटा कूद्वारा अपदस्थ गरिएको थियो जसको ठूलो विरोध प्रदर्शन भएको थियो र सुकीमाथि केही यस्ता आरोप लगाइएको छ जसबाट उनलाई १५० वर्षभन्दा बढी समय जेल हुनसक्छ ।

हाल कथित भ्रष्टाचार, म्यानमारको आधिकारिक गोप्य ऐन उल्लङ्घन र निर्वाचन आयोगलाई दबाब दिएको आरोपमा मुद्दा चलिरहेको छ । सुकी गत बिहीबारदेखि अदालतमा उपस्थित नभएको कानूनी स्रोतले एएफपीलाई बताएको छ।

“उनका केही व्यक्तिहरू कोभिड–१९ बाट सङ्क्रमित भएका छन्… र त्यसैले उनी सङ्क्रमित नभए पनि उनलाई क्वारेन्टाइनमा राखिएको छ”, स्रोतले भन्यो, “हामी चिन्तित छौं किनभने हामीले उनलाई देख्न सकेनौँ।”

पूर्वराष्ट्रपति विन मिन्ट (सु कीसँगै अभियोग लगाइएका) भिडियो कन्फरेनसिङमार्फत सोमबार अदालतमा उपस्थित भएको स्रोतले थप्यो।

सैन्य हिरासतमा लिइएदेखि सुकी र उनका व्यक्तिगत कर्मचारीहरूलाई कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाइएको उनका वकिलले गत जुलाईमा एएफपीलाई बताएका थिए।

उनी बिरामीका कारण सेप्टेम्बरमा सुनुवाइमा उपस्थित हुनसकेकी थिइनन् । अक्टोबरमा उनका वकिलले सेना समर्थित अदालतमा बारम्बार हाजिर हुँदा उनको स्वास्थ्यमा समस्या भएको बताएका थिए।

पत्रकारहरूलाई सेनाद्वारा निर्मित राजधानी नेपिडाउमा कार्यवाहीबाट प्रतिबन्ध लगाइएको छ । साथै उनका वकिलहरूलाई प्रेससँग बोल्न प्रतिबन्ध लगाइएको छ।

सुकीलाई यसअघि सेनाविरुद्ध उक्साउने, कोभिड–१९ नियम उल्लङ्घन गर्ने र दूरसञ्चार कानून तोडेको आरोपमा कुल ६ वर्षको जेल सजाय सुनाइएको थियो । यद्यपि उनी अन्य आरोपहरू लड्दै घरमै नजरबन्दमा छिन्।