१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलिया पठाईदिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले अष्ट्रेलिया पठाईदिन्छु भनि रकम ठगी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ बिराटनगर घर भई काठमाडौं मध्यबानेश्वर बस्दै आएका ४१ वर्षीय मणि निरौला रहेका छन् ।  

निरौला आफूलाई क्विन्सल्याण्ड एजुकेशन फाउण्डेशनको सञ्चालक भनी म्याग्दीका २४ वर्षीय सुजन खत्रीलाई अध्ययनको लागि डिपेन्डेण्ट भिषामा अष्ट्रेलिया पठाइदिन्छु भनी १२ लाख लिइ सम्पर्कविहिन भएका थिए । महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार नयाँबानेश्वरबाट निरौलालाई पक्राउ गरेको हो । 

थप अनुसन्धानका लागि निरौलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबार पठाइएको प्रहरीले जनाएको छ ।