२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपालमा पहिलोपटक दृष्टिविहीनहरूको सहभागितामा सेतो छडी वाकाथन प्रतियोगिता News Polar कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक News Polar रसुवा बाढीः ‘विकास क्षेत्रको पुनरुत्थान र प्रकृतिमा आधारित पर्यटन प्रवर्द्धनका लागि सरकारले ठोस योजना ल्याओस्’ News Polar प्रधान सेनापतिबाट फूलपाती बढाइँ समारोहको अन्तिम निरीक्षण-फोटो फिचर News Polar तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार News Polar सङ्गठित अपराधको कसुरमा चार जना पक्राउ News Polar विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन News Polar दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार News Polar उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते News Polar राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन News Polar उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने हुथी विद्रोहीको योजनाबारे प्रतिवेदन सार्वजनिक News Polar नीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्णः प्रकृति संरक्षण कोष News Polar जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ सार्वजनिकः मधेसको सीमान्तकृत पीडा र विभेदको दस्तावेज News Polar जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा ध्यान दिनुपर्छः प्रकृति संरक्षण कोष News Polar सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित) News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट

सबैको सहमतिमा मात्र एमसीसी अघि बढ्छः परराष्ट्रमन्त्री खड्का

सबैको सहमतिमा मात्र एमसीसी अघि बढ्छः परराष्ट्रमन्त्री खड्का
अ अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएको छ । 

बुधबार सिंहदरवारमा बसेको समितिको बैठकमा परराष्ट्रमन्त्री खड्कालाई बोलाएर समितिले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएको हो । समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री खड्काले एमसीसी, सीमा, बाँध, बीआरआई लगायतका सबै मुद्दाहरु सहमति र विश्वसनीयताका आधारमा मात्रै पास गर्नुपर्ने बताउनुभयो । उहाँले सहमति नभइ र राष्ट्रिय हीत बिपरित् मुद्दाहरु पेस गर्न नमिल्ने पनि उहाँले बताउनुभयो । 

मन्त्री खड्काले राष्ट्रको हीत बिपरित् कुराहरु पास गर्नुनहुने भन्दै सम्झौता गरिएका मुद्दाहरु राष्ट्रिय हीतमा छन् वा छैनन् भन्ने कुरा अनुसन्धान गरेर मात्रै निर्णय लिनुपर्ने बताउनुभयो । उहाँले सत्तामा एउटा र बाहिर हुँदा अर्को आवाज निकाल्ने हो भने परराष्ट्रहरुसँगको विश्वसनीयता हट्ने भन्दै सबै सम्झौताहरु गर्दा अध्ययन गरेर मात्रै सम्झौता गर्न सुझाव दिनु भयो ।

परराष्ट्रमन्त्री खड्काले भन्नुभयो, ‘राष्ट्रिय हीत भनेको कुनै एउटा पार्टीको होइन, त्यसैले साझा सहमति हुन सक्यो भने मात्रै अहिले उठेका मुद्दाहरुलाई सम्बोधन गर्न सक्छौँ,होइन भनेदेखि खेल्छन् नै खेलिन्छन् नै,त्यसैले हामीले सबैभन्दा पहिलो कुरा नेशनल यूनिटी एप्रोज हुनुपर्यो, त्यो एप्रोज भएपछि मात्रै मोडल्ट ठूलो हुन्छ, मसँग परराष्ट्रमन्त्रीको पद त छ, कपडा लगाउन पनि सिकाएको छ, पदले मलाई टाइ र सूट पनि बाँध्न सिकाएको छ,तर मेरो नैतिक शक्ति भएन भने आत्मविश्वास हुँदैन, जहाँ नैतिक पावर हुँदैन त्यसले आत्मविश्वासलाई कमजोर बनाइदिन्छ, हामीले अहिलेका हाम्रा आउटस्ट्याण्डिङ इस्यूजहरु बाँकी मुद्दाहरु, सीमाका, बाँधका, एमसीसीका, बीआरआईका,यी सबै तमाम मुद्दाहरु हामीले सम्बोधन गर्न सक्नुपर्छ,त्यसैले मेरो सबैभन्दा पहिलो प्राथमिकता नै सहमति गर्ने हो, एमसीसी पनि सहमतिबाटै गर्ने हो, मैले भने हाम्रो हीतमा छ भने पास गर्ने हो, हीतमै छैन भने किन पास गर्ने ? 

तर हीतमा छ कि छैन भन्ने कुरा अनुसन्धान गरौँ, अनि समस्या विश्वसनीयताको छ, भदौ २९, २०७६ सालमा हामीले सही गरेर आएका छौँ एमसीसीको, त्यो सही के हो त, अर्थमन्त्रीबाट नेपालको तथा धेरै मुलुकको अर्थमन्त्रीले हस्ताक्षर गर्दै आउनुभएको छ,त्यसमा फेरि संयुक्त सरकार, खास गरी दुईवटा माओवादी र काँग्रेसको सरकार थियो, अब त्यसलाई हामीले पास गर्ने कि नगर्ने ?त्यो भन्दाअघि हामीले किन अध्ययन गरेनौँ ? बाबुरामजीदेखि अहिलेको प्रधानमन्त्री शेरबहादुर देउवासम्म आइपुग्यो ७ जना प्रधानमन्त्री इन्भल्व भइसक्नुभयो, अहिलेसम्म आइपुग्दा किन अध्ययन हुन सकेन ? होएर आर विइ ? कहाँ छौँ हामी ?हामीले सत्तामा हुँदा एउटा र बाहिर हुँदा अर्को आवाज गर्यौं भने विश्वसनीयता गुम्छ,अनि पत्याउँदैनन् हामीलाई, हामी कमजोर हुन्छौँ,हाम्रो हीतमा छैन भने भनौँ माई डियर अमेरिका फ्रेण्ड्स हामीले हाम्रो हीतमा पाएनौँ सरी, तर हामीले सही गरिसक्यौँ अब के गर्ने ।’

बैठकमा नवनियुक्त परराष्ट्रमन्त्री बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै अबको परराष्ट्रनीति कस्तो बनाउने भन्ने बारेमा छलफल गरेका थिए । मन्त्री खड्काले सांसदहरुको प्रश्नको जवाफमा अबको परराष्ट्रनीति नजिकका मित्र र अन्य परराष्ट्रहरुसँगको सम्बन्धलाई एकतावद्ध गरेर जानुपर्ने बताउनुभयो ।