१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रले चयन गर्‍यो तीन मन्त्री र एक राज्यमन्त्री



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रले मन्त्री बन्नेको नाम टुंग्याएको छ। बुधबार बसेको स्थायी कमिटी बैठकले मन्त्री बन्नेहरुको नाम टुंग्याएको हो । 

सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालय बाँडफाँटमा सहमति जुटेपछि माओवादीले मन्त्री चयनका लागि स्थायी कमिटी बैठक बोलाएको थियो । 

माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्ने भएका छन् भने बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।