१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोगियो मुख्यमन्त्री राउतको पद, पाए दुईतिहाइको समर्थन



अ+ अ-

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको पद जोगिएको छ । मुख्यमन्त्री राउतले बुधबार विश्वासको मत लिदाँ दुईतिहाइको समर्थन पाउदै पद जोगिएको हो । 

प्रदेशसभामा कुल १०७ सदस्य रहेकोमा राउतको पक्षमा ७७ मत पारेको थियो । यो  मत कुलमतको दुईतिहाइ मत हो । राउतलाई उनकै दल जसपासँगै सरकारमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्र तथा पाँच दलीय गठबन्धनमा रहेको एकीकृत समाजवादीका सांसदहरुले मत दिएका छन् ।

उनको विपक्षमा २३ मत परेको छ । राउतको विपक्षमा लोसपा र नेकपा एमालेका सांसदहरुले मत दिएका हुन् ।