२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपालमा पहिलोपटक दृष्टिविहीनहरूको सहभागितामा सेतो छडी वाकाथन प्रतियोगिता News Polar कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक News Polar रसुवा बाढीः ‘विकास क्षेत्रको पुनरुत्थान र प्रकृतिमा आधारित पर्यटन प्रवर्द्धनका लागि सरकारले ठोस योजना ल्याओस्’ News Polar प्रधान सेनापतिबाट फूलपाती बढाइँ समारोहको अन्तिम निरीक्षण-फोटो फिचर News Polar तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार News Polar सङ्गठित अपराधको कसुरमा चार जना पक्राउ News Polar विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन News Polar दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार News Polar उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते News Polar राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन News Polar उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने हुथी विद्रोहीको योजनाबारे प्रतिवेदन सार्वजनिक News Polar नीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्णः प्रकृति संरक्षण कोष News Polar जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ सार्वजनिकः मधेसको सीमान्तकृत पीडा र विभेदको दस्तावेज News Polar जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा ध्यान दिनुपर्छः प्रकृति संरक्षण कोष News Polar सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित) News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट

कांग्रेसका यी पूर्व प्रमुख सचेतक, जो महाधिवेशन प्रतिनिधिमै पराजित भए

कांग्रेसका यी पूर्व प्रमुख सचेतक, जो महाधिवेशन प्रतिनिधिमै पराजित भए
अ अ+ अ-

रामेछाप । नेपाली काग्रेसका पूर्व प्रमुख सचेतक रामेछापबाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । कांग्रेसका केन्द्रीय सदस्य र पूर्व मन्त्रीसमेत भइसकेका नेता लक्ष्मणप्रसाद घिमिरे महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् ।

रामेछापबाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका घिमिरे कुनै समय कांग्रेसका प्रभावशाली नेताका रुपमा हेरिन्थ्यो । घिमिरे केवी गुरुङ, गोविन्दराज जोशीसहितको समूहमा थिए ।

पछिल्लो केही वर्षसम्म कांग्रेसमा निष्क्रिय भएपनि घिमिरे केही वर्षयता भने कांग्रेसमा सक्रियता देखाउँदै आएका थिए ।   

घिमिरे पराजित हुँदा रामेछापबाट खुल्ला १० महाधिवेशन प्रतिनिधिमा ७६० मत ल्याएर अर्जुन केसी, ७३१ मतका साथ भरत चौलागाई, ६८८ मतका साथ रामचन्द्र खड्का विजयी भएका छन् । ६५२ मत ल्याएर ध्रुबहरि ढुंगेल, ६२२ मतसहित रत्नवहादुर कार्की, ५९९ मतसहित युवराज भट्टराई विजयी भएका छन् ।

आङटावा शेर्पाले ५३४, वीरवहादुर तामाङ्गले ५३२, युवा नेता रत्नहरि ढुगेलले ५२८ ल्याएर विजयी भएका हुन् । त्यस्तै, झपडराज भण्डारीले ५२१ मत ल्याएका छन् ।

कांग्रेसमा एक निर्वाचन क्षेत्रबाट खुल्ला १० र समावेशी क्लस्टरबाट १४ गरी २४ जना महाधिवेशन प्रतिनिधि चुनिन्छन् । क्षेत्रीय सभापति पनि महाधिवेशन प्रतिनिधिसहित हुने हुँदा एक निर्वाचन क्षेत्रबाट २५ जनाको दरले महाधिवेशन प्रतिनिध हुन्छन् ।