१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका यी पूर्व प्रमुख सचेतक, जो महाधिवेशन प्रतिनिधिमै पराजित भए



अ+ अ-

रामेछाप । नेपाली काग्रेसका पूर्व प्रमुख सचेतक रामेछापबाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । कांग्रेसका केन्द्रीय सदस्य र पूर्व मन्त्रीसमेत भइसकेका नेता लक्ष्मणप्रसाद घिमिरे महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् ।

रामेछापबाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका घिमिरे कुनै समय कांग्रेसका प्रभावशाली नेताका रुपमा हेरिन्थ्यो । घिमिरे केवी गुरुङ, गोविन्दराज जोशीसहितको समूहमा थिए ।

पछिल्लो केही वर्षसम्म कांग्रेसमा निष्क्रिय भएपनि घिमिरे केही वर्षयता भने कांग्रेसमा सक्रियता देखाउँदै आएका थिए ।   

घिमिरे पराजित हुँदा रामेछापबाट खुल्ला १० महाधिवेशन प्रतिनिधिमा ७६० मत ल्याएर अर्जुन केसी, ७३१ मतका साथ भरत चौलागाई, ६८८ मतका साथ रामचन्द्र खड्का विजयी भएका छन् । ६५२ मत ल्याएर ध्रुबहरि ढुंगेल, ६२२ मतसहित रत्नवहादुर कार्की, ५९९ मतसहित युवराज भट्टराई विजयी भएका छन् ।

आङटावा शेर्पाले ५३४, वीरवहादुर तामाङ्गले ५३२, युवा नेता रत्नहरि ढुगेलले ५२८ ल्याएर विजयी भएका हुन् । त्यस्तै, झपडराज भण्डारीले ५२१ मत ल्याएका छन् ।

कांग्रेसमा एक निर्वाचन क्षेत्रबाट खुल्ला १० र समावेशी क्लस्टरबाट १४ गरी २४ जना महाधिवेशन प्रतिनिधि चुनिन्छन् । क्षेत्रीय सभापति पनि महाधिवेशन प्रतिनिधिसहित हुने हुँदा एक निर्वाचन क्षेत्रबाट २५ जनाको दरले महाधिवेशन प्रतिनिध हुन्छन् ।