१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशको सार्वजनिक सम्पत्ति एक लाल पैसाको पनि हिनामिना गरेको छैन : उपसभापति गच्छदार



फाईल फोटो
अ+ अ-

सुनसरी। नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा आफूले एक पैसा पनि हिनामिना गरेको कसैले प्रमाणित गरे फाँसीमा झुण्डिन तयार रहेको बताएका छन् । बुधबार गृहजिल्ला सुनसरीको बर्जु गाउँपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै उपसभापति गच्छदारले देशको सार्वजनिक सम्पत्ति एक लाल पैसाको पनि हिनामिना नगरेको दावि गरेका हुन् । 

'मैले ललिता निवास जग्गा प्रकरणमा एक पैसा पनि हिनामिना गरेको कसैले प्रमाणित गरिदियो भने म मृत्युदण्ड भोग्न तयार छु । फाँसीमा झुण्डिन तयार छु । मेरो चुनौती छ–राज्यसँग । मेरो चुनौती छ कि मैले मेरो देशको सार्वजनिक सम्पत्ति एक लाल पैसाको सम्पत्ति पनि हिनामिना गरेको छैन । ममाथि राजनीतिक प्रतिशोध राखेर अख्तियारमा मुद्दा चलाइएको हो,' उनले भने ।

तत्कालिन केपी ओली नेतृत्वको सरकारले आफू कांग्रेसमा प्रवेश गरेपछि प्रतिशोध साँधेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका मुद्दा दर्ता गराएको उनको आरोप छ ।