• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   ‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र ★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली

‘कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार नेपाललाई



काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा स्थापना गरिएको ‘कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरिने भएको छ ।

रिपोटर्स क्लब नेपालले स्थापना गरेको उक्त पुरस्कार यस वर्ष वरिष्ठ पत्रकार नेपाललाई प्रदान गर्न लागिएको क्लबका अध्यक्ष ऋषि धमलाले जानकारी दिनुभयो । रु एक लाख राशिको उक्त पुरस्कार क्लबले आफ्नो २४औँ स्थापना दिवसका अवसरमा यही चैत १७ गते प्रदान गर्ने छ । क्लबले उक्त पुरस्कार यसै वर्ष स्थापना गरेको हो ।

वरिष्ठ पत्रकार नेपालले नेपाली सञ्चार क्षेत्र र लोकतान्त्रिक आन्दोलनमा अग्रपङ्क्तिमा रहेर भू्मिका निर्वाह गरेबापत पुरस्कार प्रदान गर्न लागिएको क्बलले जनाएको छ । पत्रकार नेपालले पूर्वप्रधानमन्त्री भट्टराईको प्रेस सल्लाहकारका रुपमा समेत काम गर्नुभएको थियो । पत्रकार नेपालले मुलुकका मूलधारका मिडियामा नेतृत्वदायी भूमिकामा रहेर काम गरिसक्नुभएको छ । उहाँ नेपाल पत्रकार महासङ्घको पूर्वअध्यक्ष समेत हुनुहुन्छ । रासस