३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार नेपाललाई



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा स्थापना गरिएको ‘कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरिने भएको छ ।

रिपोटर्स क्लब नेपालले स्थापना गरेको उक्त पुरस्कार यस वर्ष वरिष्ठ पत्रकार नेपाललाई प्रदान गर्न लागिएको क्लबका अध्यक्ष ऋषि धमलाले जानकारी दिनुभयो । रु एक लाख राशिको उक्त पुरस्कार क्लबले आफ्नो २४औँ स्थापना दिवसका अवसरमा यही चैत १७ गते प्रदान गर्ने छ । क्लबले उक्त पुरस्कार यसै वर्ष स्थापना गरेको हो ।

वरिष्ठ पत्रकार नेपालले नेपाली सञ्चार क्षेत्र र लोकतान्त्रिक आन्दोलनमा अग्रपङ्क्तिमा रहेर भू्मिका निर्वाह गरेबापत पुरस्कार प्रदान गर्न लागिएको क्बलले जनाएको छ । पत्रकार नेपालले पूर्वप्रधानमन्त्री भट्टराईको प्रेस सल्लाहकारका रुपमा समेत काम गर्नुभएको थियो । पत्रकार नेपालले मुलुकका मूलधारका मिडियामा नेतृत्वदायी भूमिकामा रहेर काम गरिसक्नुभएको छ । उहाँ नेपाल पत्रकार महासङ्घको पूर्वअध्यक्ष समेत हुनुहुन्छ । रासस