२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपालमा पहिलोपटक दृष्टिविहीनहरूको सहभागितामा सेतो छडी वाकाथन प्रतियोगिता News Polar कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक News Polar रसुवा बाढीः ‘विकास क्षेत्रको पुनरुत्थान र प्रकृतिमा आधारित पर्यटन प्रवर्द्धनका लागि सरकारले ठोस योजना ल्याओस्’ News Polar प्रधान सेनापतिबाट फूलपाती बढाइँ समारोहको अन्तिम निरीक्षण-फोटो फिचर News Polar तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार News Polar सङ्गठित अपराधको कसुरमा चार जना पक्राउ News Polar विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन News Polar दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार News Polar उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते News Polar राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन News Polar उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने हुथी विद्रोहीको योजनाबारे प्रतिवेदन सार्वजनिक News Polar नीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्णः प्रकृति संरक्षण कोष News Polar जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ सार्वजनिकः मधेसको सीमान्तकृत पीडा र विभेदको दस्तावेज News Polar जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा ध्यान दिनुपर्छः प्रकृति संरक्षण कोष News Polar सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित) News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट

बस दुर्घटनाको दिन : जोरायलवासीले मनाए आज कालो दिन

बस दुर्घटनाको दिन : जोरायलवासीले मनाए आज कालो दिन
अ अ+ अ-

डोटी । आजभन्दा सात वर्ष पहिलेअर्थात् विसं २०७१ असोज २० गतेका दिन २९ जनाको ज्यान जाने गरी जिल्लाको जोरायल गाउँपालिका–२ कठपत्तेमा भएको बस दुर्घटनामा परेका मृतकको सम्झनामा आज असोज २० गतेलाई जोरायलवासीले कालो दिनका रूपमा मनाएका छन् । 

विसं २०७१ को दसैँ सकिएको भोलिपल्ट ना३ख ५७०७ नम्बरको सुदूरपश्चिम यातायातको बस जोरायलबाट धनगढी जाने क्रममा उक्त ठाउँमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी स्थानीयवासी २९ जनाको अकालमै मृत्यु भयो भने अन्य ६८ घाइते भएका थिए । जिल्लाको सबैभन्दा ठूलो दुर्घटनालाई सम्झिँदै यहाँका स्थानीयवासीले आजको दिनलाई कालो दिनका रूपमा मनाएको जोरायल–५ का स्थानीयवासी चित्रराज भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “जिन्दगीमा बिर्सिनै नसकिने ठूलो घटना भयो, जो अहिले पनि हामीमाझ झलझली सम्झनामा आउँछ, सोही दुःखद् घटनालाई सम्झेर आजको दिन हामीले कालो दिनका रूपमा मनाएका छौँ ।” बसमा क्षमताभन्दा बढी यात्रु भएका कारण बसको पट्टा टुटेपछि उक्त दुर्घटना भएको जिल्ला प्रहरी ट्राफिक प्रहरी कार्यालय दिपायलको प्रतिवेदनमा उल्लेख छ । उक्त बसका चालक विष्णु साहु अहिले कारागारमा उक्त दुर्घटनाको सजाय भुक्तान गरिरहेका छन् ।

यसैगरी उक्त घटनामा मृत्यु भएकाको सम्झनामा यहाँका नागरिकले आज साँझ २९ दीप बालेर श्रद्धाञ्जलिसभा मनाएको जोरायल–३ का स्थानीय महिला यशोदाकुमारी मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “कलिलै उमेरका २९ जना हाम्रा आफन्तले ज्यान गुमाए, त्यो दुःख हामी कहिले बिर्सिदैनौँ, दुःख शान्त गर्नलाई भए पनि मृतकको सम्झनामा हामीले शोकसभा मनाएका छौँ ।” 

जोरायल गाउँपालिकामा आमाबुबाका हातबाट दसैँको टीका थापेर आ–आफ्नो कार्यक्षेत्रमा फर्किरहेका बेला भएको उक्त बस दुर्घटनाले यहाँका २९ नागरिकको जीवन नै उजाड बनाइदिएको छ । सो बस दुर्घटनाका घाइते अहिलेसम्म पनि अस्पतालमै उपचार गर्न बाध्य भएको जोरायल–२ बुडरका वडाध्यक्ष मानबहादुर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “सात वर्ष पहिले जिल्लाकै ठूलो घटना भयो, उक्त घटनामा धेरैले ज्यान गुमाए, कतिपय अहिलेसम्म पनि अस्पतालमै उपचारार्थ छन्, कतिपएको जीवन नै तहसनहस भयो ।”

उक्त दुर्घटनामा पर्नुभएकी स्थानीयवासी कल्पना विष्टको मेरुदण्ड भाँचिएका कारण उहाँलाई अहिलेसम्म पनि निको भएको छैन । उहाँले अहिले पनि अस्पतालमै उपचार गराइरहनुभएको छ । सो घटनामा कल्पनाले श्रीमान्् र छोरी गुमाएसँगै आफू पनि कहिल्यै निको नहुने गरी घाइते हुनुभएको छ । कल्पनाको जस्तै उजाडिएको अर्को जीवन हो ३५ वर्षीया कृष्णा शाहीको । कैलालीको तेघरीमा बस्दै आउनुभएकी कृष्णाको परिवार दसैँ मनाउन जोरायल आएको थियो । दुई छोरा र एक छोरीलाई तेघरीमै छोडेर दसैँ मनाउन आएको उहाँको जोडीलाई उक्त घटनाले कहिल्यै मिलन नहुने गरी बिछोड गराइदिएको थियो । कृष्णाका श्रीमान् राजेन्द्र शाहीको दुर्घटनास्थलमै मृत्यु भएको थियो । कृष्णा पनि कल्पनाजस्तै मेरुदण्डको पक्षाघात भएर अहिले अस्पतालकै शय्यामा बाँचिरहनुभएको छ । 

जिल्लामा बर्सेनि दसैँ र तिहारको समयमा ठूला सवारी दुर्घटना हुने गरेका छन् । चाडबाडको समयमा बढीजसो दुर्घटना हुने भएकाले यहाँको प्रहरी प्रशासनले सवारी अनुगमनमा अहिले कडाइ गर्दै आएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता रवीन्द्र चन्दले बताउनुभयो । 

उहाँका अनुसार चालकको लापरबाही र बढी यात्रु बोक्ने गरेका कारण सवारी दुर्घटनाको जोखिम बढ्न थालेको पाइएपछि जाँचमा कडाइ गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलको तथ्याङ्कअनुसार जिल्लामा चाडपर्वमा मात्रै भएका सवारी दुर्घटनामा मात्रै यस जिल्लामा १०० भन्दा बढीले अकालमै ज्यान गुमाउनुपरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख महासिंह साउदले जिल्लाका ग्रामीण सडकमा ट्राफिक प्रहरी नहुने र चालकले आफूखुसी क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण बर्सेनि दुर्घटना हुने गरेको बताउनुभयो । विमलबहादुर विष्ट / रासस