• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे

नाइजेरियाको सत्तारुढ दलमा नयाँ नेतृत्व



अबुजा । नाइजेरियाको सत्तारुढ दल अल प्रोग्रेसीभ कंग्रेस पार्टीमा नयाँ नेतृत्व चयन गरिएको छ ।

आगामी सन् २०२३ मा हुने राष्ट्रपतिय निर्वाचनका लागि पार्टी भित्रको विवाद कम गर्ने उद्देश्यले नयाँ नेतृत्व चयन गरिएको अधिकारीहरूले जनाएका छन् ।

वर्तमान राष्ट्रपति मोहम्मद बुहारीलाई विस्थापित गर्नेगरी नयाँ उम्मेदवार छनौट गर्ने तयारीमा सत्तारुढ दल रहेको छ ।

राष्ट्रपति बुहारी सन् २०१५ मा पहिलो पटक राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो।

झण्डै एक हप्ता लामो आन्तरिक छलफल र कसरतपछि पार्टीका बरिष्ठ नेता अब्दुल्लाही अडामुलाई पार्टीको नेतृत्व दिने सहमति भएको हो । उहाँलाई वर्तमान राष्ट्रपति बुहारीको समेत समर्थन रहेको छ ।

पार्टीमा नेतृत्व संकट टरेको र आपसी विवाद पनि अव अन्त्य हुने उहाँले दावी पनि गर्नु भएको छ ।

सबैभन्दा धेरै जनसङ्ख्या रहेको अफ्रिकी मुलुक नाइजेरियामा राष्ट्रपति बुहारीप्रति असन्तुष्टि जनाउदै यसअघि देखि नै विकल्पको खोजी भइरहेको थियो । नयाँ नेतृत्वका लागि थुप्रै प्रभावशाली नेताहरूले कसरत गरेका थिए ।

राजधानी अुबजामा भएको हजारौँ सहभागी सम्मेलनबाट नयाँ नेतृत्व चयन गरिएपछि मुलुकको राजनीतिले नै स्पष्ट मार्ग समात्ने अपेक्षा गरिएको छ ।