२७ मंसिर २०८२, शनिबार
,
Latest
नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु ललितपुरमा ‘स्वदेशी बजार’ प्रदर्शनी शुरु एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछः मन्त्री घिसिङ भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजारः नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट



अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक ४१.४३ अङ्कले घटेर दुई हजार ५७२.२३ मा पुगेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार अघिल्लो कारोबार दिनका तुलनामा आज बजार १.५९ प्रतिशतले घटेको हो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९५ प्रतिशतले घटेको छ । यस्तो परिसूचक ९.५५ अङ्कले ओरालो लागेर ४७९.३९ पुगेको छ । आज २३२ कम्पनीको ८९ लाख २३ हजार १४ कित्ता शेयर रु चार अर्ब ९८ करोड ९५ लाख १४ हजार ४१६ मूल्यमा खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।

निर्जीवन बीमाबाहेक सबै उपसमूहका शेयर मूल्यमा गिरावट

नेप्सेका अनुसार आज कारोबार भएका कूल १३ उपसमूहमध्ये १२ उपसमूहका शेयर मूल्य घटेका छन् भने निर्जीवन बीमा उपसमूह मात्रै बढेको छ । निर्जीवन बीमा उपसमूह १३३.३५ अङ्कले बढ्दा, बैंकिङ २१.०२, व्यापार ५५.८२ होटल तथा पर्यटन ६६.४२, विकास बैंक १४५.६८, जलविद्युत् ७६.०६, वित्त ६२.२५, उत्पादन १४५.७९, अन्य ९३.६५, लघुवित्त ३९.७१, जीवन बीमा ९८.६१, सामूहिक लगानी कोष ०.१३ र लगानी १.३७ अङ्कले ओरालो लागेका छन् ।

आजको बजारमा कारोबारका आधारमा अपि पावर कम्पनी शीर्ष स्थानमा छ । यो कम्पनीको रु २७ करोड ५६ लाख ७४ हजार ३९३ मूल्य बराबरको कारोबार भयो । यस्तै गुँरास लाइफ इन्सुरेन्सको रु १७ करोड ५१ लाख दुइ हजार ८६०, एभरेष्ट इन्सुरेन्स कम्पनीको रु १६ करोड ३१ लाख ४७ हजार ६७, सूर्य लाइफ इन्सुरेन्स कम्पनीको रु १६ करोड २९ लाख २२ हजार ७२८ र प्रभु इन्सुरेन्स कम्पनीको संस्थापक शेयर रु १५ करोड ३३ लाख ४० हजार बराबरको कारोबार भई शीर्ष पाँचमा परेका छन् ।

आजको कारोबारमा जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेको छ । इमर्जिङ नेपाल लिमिटेडको ९.९९, राष्ट्रउत्थान लघुवित्त संस्था ९.९९, सानिमा जनरल इन्सुरेन्स ९.६७ र जनरल इन्सुरेन्स कम्पनीको शेयरमूल्य ९।६५ प्रतिशतले बढेको छ । उता मल्टीपर्पस फाइनान्स कम्पनीको शेयर मूल्य भने ५.५ प्रतिशले घटेको छ । नारायणी डेभलपमेण्ट बैंक ५.२५, नेरुडे लघुवित्त वित्तीय संस्था ४.८६, मञ्जुश्री फाइनान्स ४.८१ र युनाइटेड मोदी हाइड्रोपावरको शेयर मूल्य ४.६८ प्रतिशतले घटी शीर्ष पाँचमा परेका छन् ।