७ श्रावण २०८३, बिहीबार
,
Latest
नेपाल श्रीलङ्कासँग पराजित मन्त्री चौधरीसँग जापानी राजदूत मायदाको भेटवार्ता नारायणी यातायात व्यवसायी सङ्घद्वारा मानवसेवा आश्रमलाई ५१ हजार सहयोग माईतीघरमा द्वन्द्वपीडितहरूको गुनासो: ‘सरकार भेट्न पाइएन’ दिपक भट्टसँग जोडिएका रिमाल पक्राउ नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्बासीद्वारा माईतीघरमा प्रदर्शन ९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

यात्रुबाहक बस दुर्घटनामा चारको मृत्यु, ३२ घाइते



अ+ अ-

सर्लाहीको फुलजोर भन्ने स्थानमा आइतबार यात्रुबाहक बस दुर्घटना हुँदा बसमा सवार चार जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको फुलजोरमा दुर्घटना हुँदा चारको मृत्यु भएको जनाइएको छ ।

आइतबार ना४ख ८५५५ नम्बरको यात्रुवाहक बस वीरगञ्जबाट जनकपुरतर्फ जाँदै थियो । फुलजोर खोलमा बनेको साँघुरो पुलमा टाटासुमोलाई साइड दिने क्रममा बस पुलबाट खसेको थियो ।

बसमा सवार ३२ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । दुर्घटनामा मृत्यु हुनेको सनाखत भइसकेको छैन ।